Home / Feature Breaking news / सरकारले तर्साउदैमा कांग्रेस तर्सिदैन : नेता गिरी

सरकारले तर्साउदैमा कांग्रेस तर्सिदैन : नेता गिरी

दाङ,२९ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले सरकारले कांग्रेस नेतालाई तर्साउदैमा कांग्रेस नतर्सिने बताएका छन् ।

सरकारको विरुद्ध नेपाली कांग्रेसले आयोजना गरेको देशव्यापी विरोध कार्यक्रम अन्तर्गत नेपाली कांग्रेस दाङले आयोजना गरेको घोराहीको कार्यक्रमलाई सम्वोधन गर्दैमा नेता गिरीले कांग्रेस नेतालाई पक्राउ गरेर कांग्रेसलाई उत्तेजित गराउने काम नगर्न समेत चेतावनी दिएका हुन ।

नेपाली कांग्रेस राणा, राजासँग समेत नतर्सिएको पार्टी भएको भन्दै केन्द्रिय सदस्य गिरीले कांग्रेसका १’२ जना नेतालाई पक्राउ गर्दैमा कांग्रेस पार्टी नतर्सिने बताए । ‘लोकतन्त्रका लागि कांग्रेसले राणा र राजालाई फालेर आएको पार्टी हो, कम्युनिष्ट सरकारले तर्साउदैमा कांग्रेस तर्सिदैन’–केंन्द्रीय सदस्य गिरीले भने–‘सरकारलाई कांग्रेसका १÷२ जना नेतालाई पक्राउ गरेर तर्साउन सकिक्छ भन्ने भ्रम छ भने त्यो भ्रम हटाए हुन्छ ।’

उनले जनताले विश्वास गरेको दुई तिहाईको सरकार भ्रष्ट्राचार र षड्यन्त्रणमा फसेको समेत बताए । ‘सुशासनका कुरा गरी कहित्यै नथाक्ने कम्युनिष्ट सरकार वाइडवडीदेखि बालुवाटरसम्मका विभिन्न घट्नामा मुछिएको छ’–उनले भने–‘तर घट्नामा अनुसन्धान गरी दोषीलाई कारवार्हीे गर्ने होइन । सरकार आपैm उनीहरुलाई संरक्षण गर्न थालेको छ ।’

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य पार्वती डिसी चौधरीले वर्तमान सरकारले गरेको विकृति र बेतिथिलाई सस्थागत गर्ने काम गरेको बताइन । उनले भ्रष्टचारीको अनुहार हेर्दिन भन्ने बर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली नै भ्रष्टाचारी, हत्यार तथा बलात्कारीहरुलाई संरक्षणमा लागेको आरोप लगाइन ।

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद योगेन्द्र चौधरीले बर्तमान सरकारको सर्वसत्तावादी प्रवृति अन्यका लागि जनता जाग्नुपर्ने बताए । देशमा शान्ति सुरक्षासँगै अहिले कोरोना नियन्त्रण गर्नुपर्ने सरकारको मुख्य दायित्व भएपनि बर्तमान सरकार सर्वसत्तावादी सोचका कारण देशलाई नै बवार्दीमा लग्न खोजेको भन्दै उनले त्यसका विरुद्ध जनताहरु जाग्नुपर्ने बताए ।

त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले बर्तमान सरकारले गरेका विकृति र बेतिथिका विरुद्ध केन्द्रदेखि गाउँगाउँसम्म जनतालाई सचेत बनाउने दायित्व कांग्रेसमा आएको बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य बिमला नेपाली, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति विरकेश्वरी गौतम, लुम्विनी प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी, लुम्विनी प्रदेशसभा अर्जुन श्रेष्ठ, नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेय, क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का नेपाली कांग्रेस क्षेत्र नं. २ (क) का सभापति गिरिराज सुवेदीले सरकारका गलत क्रियाकलापहरुको विरुद्ध केन्द्रदेखि स्थानीय तहहरुसम्म जनताहरु जाग्नुपर्ने बताएका थिए ।

नेपाली कांग्रेस दाङका जिल्ला सभापति किर्तीबहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव शंकरप्रसाद डाँगीले गरेका थिए । पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥याली बजारको परिक्रममा गरेर तुलसीपुरचोकमा गएर सभामा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*