Home / Feature Breaking news / प्रधानमन्त्री कप महिला क्रिकेटका लागि दाङको टिम घोषणा

प्रधानमन्त्री कप महिला क्रिकेटका लागि दाङको टिम घोषणा

दाङ,२५ मंसिर । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्नका लागि दाङ जिल्लास्तरिय महिला क्रिकेट खेलाडीहरुको टिम घोषणा गरिएको छ ।

घोराहीमा भएको जिल्लास्तरिय छनोट तथा बन्द प्रशिक्षणबाट क्रिकेट खेलाडी शर्मीला रोकामगरको नेतृत्वमा १४ सदस्यीय महिला क्रिकेट टिम घोषणा गरिएको हो ।

घोषणा गरिएको टिममा रोकामगरसँगै खेलाडी लक्ष्मी चौधरी, सरस्वती घर्तीमगर, रबिना चौधरी,मन्जु चौधरी, मधु डिसी, कमला घर्तीमगर, मिना बिक, बिवस्ना बिसी, आरती क्षेत्री, प्रभा चौधरी, समीक्षा भण्डारी, ओम कुमारी विक र सुहाना वली रहेका छन् । टोलीको कप्तानमा शर्मीला रोकामगर र उपकप्तानमा लक्ष्मी चौधरी रहेका छन् ।

त्यसैगरी बैकल्पिक खेलाडीका रुपमा नगीता पुन, सन्ध्या पुन, सुशीला भट्टराई र अंशु पोख्रेललाई छनोट गरिएको दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिएका छन् । उनका अनुसार टिमको कोजमा केशव शर्मा अधिकारी र व्यवस्थापकमा नमीता नेपाली रहेका छन् । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता यहि आउने पुस ११ गतेदेखि देउखुरीको लमही क्रिकेट मैदानमा हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*