Home / Feature Breaking news / जेष्ठ नागरिकलाई सहयोगी सामाग्री

जेष्ठ नागरिकलाई सहयोगी सामाग्री

तिर्थराज ज्ञवाली
देउखुरी,२३ कार्तिक । राप्ती गाउँपालिकामा ८० वर्षमाथिका जेष्ठ नागरिकलाई सहयोगी सामाग्री उपलब्ध गराईएको छ ।

राप्ती गाउँपालिका तथा लुम्विनी प्रदेश मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको समन्वयमा वटै वडाका ३ सय १४ बढी जेष्ठ नागरिकलाई थरमस र लाईट उपलब्ध गराईने मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका कार्यक्रम सहजकर्ता टिका बस्नेतले जानकारी दिएका छन् ।

आईतवारदेखी सहयोगी सामाग्री वितरण सुरु गरिएको र आगमी शुक्रवारसम्म सम्पुर्ण ८० वर्षमाथिका जेष्ठ नागरिकको हातहातमा थरमस र लाईट उपलब्ध गराईने राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जिवन कुमारी जिसीले जानकारी दिएका छन् ।

आईतवार वडा नं १, २ र ३ मा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, वडा अध्यक्ष जगतबहादुर थापा, तारा बहादुर डिसीलगायतको सहभागीता जेष्ठ नागरिकलाई सहयोगी सामाग्री उपलब्ध गराईएको हो ।

यसै क्रममा राप्ती गाउँपालिका तथा लुम्विनी प्रदेश मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको समन्वयमा शिक्षा सुधार कार्यक्रम अन्तरगत नयाँगाउँ स्थीत जनज्योति आधारभुत विद्यालय लाई बालविकासका विद्यार्थीलाई लक्षित गरि टेलिभिजन उपलब्ध गराईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*