Home / Feature Breaking news / चितुवाको छालासहित एक व्यक्ती पक्राउ

चितुवाको छालासहित एक व्यक्ती पक्राउ

दाङ, २ कात्तिक

दाङ प्रहरीले चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ को तारापुञ्ज टोलमा चितुवाको छालाको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय दाङबा खटिएको प्रहरी टोलीले चितुवाको छालासहित एक व्यक्तीलाई शुक्रवार पक्राउ गरेको हो ।

टाउको, बंगारादेखी पुच्छरसम्मको ७ फिट ८ ईञ्च लम्बाई रहेको चितुवाको छालासहित घोराही उपमहानगरपालिका वडा नम्बर ६ का ५० वर्षका ईन्द्रबहादुर घर्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमीत खड्काले जानकारी दिनुभयो ।

पक्राउ परेका घर्तिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तरगत थप कानुनी कारबाहीकोलागी वन कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*