Home / Feature Breaking news / घोराहीका अधिकांस कोरोना संक्रमित होम आइसोलेसनमा

घोराहीका अधिकांस कोरोना संक्रमित होम आइसोलेसनमा

दाङ,१७ भदौ । दाङमा कोरोना संक्रमितहरुलाई केही स्थानीय तहहरुले होम आइसोलेसनका नाममा घरमै राख्न थालेपछि घरपरिवारसँगै समाजमा त्रास सिर्जना बढएको छ । दिनप्रतिदिन संक्रमितको संख्या बढि रहेका बेला घोराही उपमहानगरपालिकाले घरमै संक्रमितलाई राख्न थालेपछि समाजमा त्रास सिर्जना बढाएको हो ।

कोरोना संक्रमितको उपचारका लागि घोराही उपमहानगरपालिकाले घोराही–१० को दक्षिण अमराईमा कोरोना आइसोलेसन वार्ड तथा प्रदेश सरकारले बेलझुण्डीमा कोरोना विशेष अस्पताल स्थापना गरेपनि अहिले घोराही उपमहानगरपालिका अधिकांस कोरोना संक्रमित घरमै रहेका छन् ।

संक्रमितहरु घरमै बस्दा परिवारका अन्य सदस्यसँगै समाजमा कोरोना फैल्न सक्ने जोखिम बढाएको घोराही निवासी एक स्थानीयले बताएका छन् । समाजमा कोरोना संक्रमणलाई बढ्न नदिन संक्रमितहरुलाई आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने भएपनि लापरवाही तरिकाले संक्रमितलाई घरमै राख्न थालिएको उनको गुनासो रहेको छ ।

तर घोराही उपमहानगरपालिकाले लक्षण विनाका कोरोना संक्रमितहरुलाई उनीहरुको इच्छा अनुसार होम आइसोलेसनमा बस्न दिएको जनाउको छ । संक्रमितहरुले आइसोलेसन अस्पताल भन्दा घरमै आफुहरु सुरक्षित हुने भनेपछि घोराही उपमहानगरपालिकामा अहिले ४० जना होम आइसोलेसनमा रहेका घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तिले जानकारी दिएका छन् । ‘

कोरोनासँग डराएर भाग्नुभन्दा पनि समाजमै बसेर कोरोनासँग लड्नका लागि घोराही उपमहानगरपालिकाले केही संक्रमितलाई उनीहरुको इच्छा अनुसार होम आइसोलेसनमा बस्न दिएको छ’–स्वास्थ्य शाखा प्रम्ख घर्तिले भने–‘जसमा अधिकांस संक्रमितहरुले आइसोलेसन वार्डको मापदण्ड पुरा गरेर बस्नुभएको छ ।’ उनका अनुसार घर परिवारमा सामाजिक दुरी कायम गर्ने, छुट्टै सौचालय प्रयोग गर्ने,कसैसँग भेटघाट नगर्ने,खानपिन सावधानी अपनाउनलगायतका सर्त अनुसार नै संक्रमितहरु होम आइसोलेनमा बसेका उनले जानकारी दिएका छन् ।

हालसम्म घोराहीमा संक्रमितको संख्या ३ सय १५ जना पुगेको छ भने संक्रिय सक्रमितको संख्या ४४ जना जना रहेको छ । जस मध्य ४० जना होम आइसोलेसनमा रहेका छन् भने तीन जना उपमहानगरपालिकाले बनाएको आइसोलेसन वार्डमा रहेका छन । एक जनामा बढि समस्या देखिएपछि उनलाई बुटवल रिफर गरिएको स्वास्थ्य शाखा प्रमुख घतीले बताए ।

‘संक्रमितहरु घरमै रहेपनि उनीहरुसँग हामीसँग नियमित सम्पर्कमा रहन आग्रह गरेका छौ’–उनले भने–‘संक्रमितलाई समस्या देखिए आइसोलेसनमा ल्याएर उपचार गर्ने व्यवस्था गरेका छौ ।’ घरमा बस्ने संक्रमितहरुले मापदण्ड पालना गरे नगरेको अनुगमनका लागि वडा स्तरिय विपद् व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको समेत उनले जानकारी दिए ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिकामा ६ जना संक्रमितहरु होम आइसोलेसनमा रहेको तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी छन् । राप्ती प्रादेशिक अस्पतालमा कार्यरत दुई जना चिकित्सक, दुई जना नर्स र दुई जना अन्य स्वास्थ्यकर्मीहरुले मापदण्ड पालना गरेर घरमै होम आइसोलेसनमा बस्छौ भनेपनि उहाँहरुलाई होम आइसोलेसनमा बस्न दिइएको इन्चार्ज केसीले बताए ।

‘होम आइसोलेसनमा बसेका ६ जना मध्य पाँच जनाले मापदण्ड पुरा गरेर बस्नुभएको छ’–फोकल पर्सन केसीले भने–‘ एक जनाकोमा केही समस्या देखिएको छ, उहाँलाई थप सावधानी अपनाएर बस्न आग्रह गरेका छौ ।’ उनका अनुसार तुलसीपुरमा हालसम्म संक्रमितको संख्या १ सय पुगेको छ भने सक्रिय संक्रमितको संख्या १८ जना रहेको छ ।

संक्रमितहरुलाई घरमै घरपरिवारसँगै समाजमा संक्रमणको डर हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले बताएका छन् । प्रदेश ५ सरकारको निती नै संक्रमितहरुलाई होम आइसोलेसन राख्ने नभएको भन्दै कार्यालय प्रमुख शाहीले संक्रमितहरुलाई होम आइसोलेसन भन्दा आइसोलेसन अस्पतालमा राख्नुपर्ने बताए ।

‘घोराही उपमहानगरपालिकामा केही संक्रमितहरु घरमै रहेको थाहा पाएपछि हामीले उहाँहरुलाई आइसोलेसन अस्पतालमा राख्न आग्रह गरिरहेका छौ’–प्रमुख शाहीले भने–‘घरमै राख्दा थप जोखिम हुने भएकाले सकेसम्म आइसोलेसन अस्पतालमा बस्दा राम्रो हुन्छ ।’

उनले जिल्लामा केही पावरपुल व्यक्तिहरु संक्रमित हुदा उहाँहरु आइसोलेसन अस्पताल नगइै घरमै बस्नाले अन्य संक्रमितहरुलाई आइसोलेसन अस्पतालमा लग्न समस्या भएको बताए । त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले संक्रमितको रिपोर्ट पालिकाहरुलाई नदिएर केन्द्रमा रिपोर्ट पठाउने र पुन ः जिल्लामा रिपोर्ट आउँदा संक्रमितहरुको पहिचान र व्यवस्थापनमा केही ढिलाई हुने गरेको समेत बताएका छन् ।

मापदण्ड पालना गरे घरमै बस्न मिल्छ : स्वास्थ्य निर्देशक गिरी

प्रदेश नं. ५ स्वास्थ्य निर्देशक डा. विनोद गिरीले सक्रमितहरुले होम आइसोलेसनको मापदण्ड पालना गरेर घरमै बस्न पाउने बताएका छन् । त्यसका लागि संक्रमितहरुले आफुबाट अर्काेमा रोग संक्रमण हुन नदिनका लागि सामाजिक दुरी, फरक सौचालयलगायतका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने समेत बताए ।

होम आइसोलेसन बस्नका लागि पालिकामा रहेको स्वास्थ्य शाखाको टोलीले अनुगमन गर्नुपर्ने र होम आइसोलेसनमा बस्न उपयुक्त भए नभएको पहिचान गरेर संक्रमितको अवस्था अनुसार होम आइसोलेसनमा राख्न सकिने उनले बताएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*