Home / Feature Breaking news / काेराेनाबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्याे

काेराेनाबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्याे

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर चार लाखभन्दा बढी पुगेको छ ।

जोन हप्किन्स विश्‍वविद्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार विश्‍वभर हालसम्म चार लाख दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ६९ लाख ९८ हजारभन्दा बढी पुगेको छ ।

सबैभन्दा बढी अमेरिकामा १९ लाखभन्दा बढी संक्रमित भएका छन् भने एक लाख १२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

त्यसैगरी ब्राजिलमा कोरोना संक्रमितको संख्या ६ लाख ७६ हजारभन्दा बढी पुगेको छ भने ३६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

रुसमा कोरोना संक्रमितको संख्या ४ लाख ६७ हजार पुगेको छ भने स्पेनमा २ लाख ८८ हजार, बेलायतमा २ लाख ८४ हजार र भारतमा २ लाख ४७ हजारभन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

– बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*