Home / Feature Breaking news / कर्णाली प्रदेशमा थपिए ५९ कोरोना संक्रमित

कर्णाली प्रदेशमा थपिए ५९ कोरोना संक्रमित

काठमाडौं । कर्णाली प्रदेशमा नोभेल कोरोना भाइरसका ५९ संक्रमित थपिएका छन् ।

कर्णाली प्रदेशले शनिबार राति सार्वजनिक गरेको विवरण अनुसार ५९ कोरोना संक्रमित थपिएका हुन् ।

थपिएका कोरोना संक्रमितमध्ये एक महिला र अन्य ५८ जना पुरुष रहेका छन् ।

कर्णाली प्रदेशमा मात्र कोरोना संक्रमितको संख्या १०५ पुगेको जनाइएको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर १८९ कोरोना संक्रमित थपिएर कुल संक्रमितको संख्या एक हजार ४०१ पुगेको जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*