Home / Feature Breaking news / घाेराही ११ का गन्धर्व समुदायकालागि जेसिजकाे सहयाेग

घाेराही ११ का गन्धर्व समुदायकालागि जेसिजकाे सहयाेग

दाङ, ६ जेठ
लकडाउनकाे समयमा राहत सहयाेगमा अग्रसर त्रिभुवन नगर जेसिजले गन्धर्व समुदायकालागि खाद्यान्न सहयाेग गरेकाे छ ।

घाेराही उपमहानगरपालिका-११ का गन्धर्व समुदायकालागी खाद्यान्न सहयाेग गरेकाे जेसिजका महासचिव मिनराज भाटले जानकारी दिनुभयाे ।
वडा कार्यालयकाे अनुराेधमा ३६ घर परिवारकालागी २७ बाेरा चामल र ४६ किलाे नुन जेसिजले सहयाेग गरेकाे हाे । सहयाेग गर्ने त्रिभुवन नगर जेसिजलाई वडा अध्यक्ष लामीछानेले धन्यवाद गर्नुभएकाे छ ।
खाद्यान्न वडा अध्यक्ष कुलबहादुर लामीछानेलाई हस्तान्तरण गरिएकाे थियाे ।

हस्तान्तरण कार्यक्रममा त्रिभुवन नगर जेसिजका अध्यक्ष माधव पाैडेल, निवर्तमान अध्यक्ष बसन्तराज अधिकारी, महासचिव मिनराज भाट र तालिम निर्देशक राेशन दाहाल लगायतकाे उपस्थिति रहेकाे थियाे । त्रिभुवन नगर जेसिजले विभिन्न वडामा खाद्यान्न सहयाेग गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*