Home / Feature Breaking news / आफुहरुलाई घर जान दिन भारतीय मजदुरको माग

आफुहरुलाई घर जान दिन भारतीय मजदुरको माग

दाङ,६ बैशाख । भारतको रुपडिया निवासी मुन्ना खान घोराही उपमहानगरपालिका–१७ मा रहेको मनकामना इटा उद्योगमा मजदुरी काम गर्छन । त्यही मजदुरी गरि आएको पैसाले घर व्यवहार चलाउदै आएका थिए । तर यो बर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामरीका कारण उद्योग बन्द भएपछि करिव दुई महिनादेखि काम विहिन बनेका छन ।

उद्योग बन्द भएर काम विहिन बनेका मुन्ना घर जान चाहिरहेका छन । तर उनलाई स्थानीय प्रशासनले घर जान दिएको छैन । एक घर जाने भनेर हिडेका थिए तर दाङ र बाँके जिल्लाको सिमा क्षेत्रबाट स्थानीय प्रशासनले जान नपाइने भन्दै फर्कायो । सिमा क्षेत्रबाट फर्किएका मुन्ना घर जानु पाउनुपर्ने भन्दै इटा उद्योगमै आन्दोलनमा छन ।

मंगलबार विहान आन्दोलनमा उत्रिए मुन्नालगायतका भारतीय मजदुरीको माग रहेको घर फिर्ता जानपाउनुपर्ने । ‘मोदी सरकार हमको घर लैजाओ’ लेखिएको कार्ड छात्तिमा टासेर इटा उद्योगमै आन्दोलनमा उत्रिएका मुन्नाको सरकारलाई एउटै प्रश्न छ–‘भारतमा रहेका नेपाली ल्याउदा नहुने जोखिम, हामीलाई घर पठाउदा कसरी जोखिम हुन्छ ?’ तर उनको प्रश्न न त स्थानीय प्रशासनले सुनेको छ न जनप्रतिनिधिहरु लै सुनेका छन ।

उद्योग बन्दा रहदा ठूलो संख्यामा रहेका मजुदरलाई खान बस्न समस्या भएको घोराही उपमहानगरपालिका–१२ मा रहेको गोल्ड इटा उद्योगमा कार्यरत अर्का मजदुर तिलकराम चौहानले बताए । लामो समयसम्म इटा उद्योग बन्दा हुदा साहुले रासन दिनै छोड्न थालेको उनी बताउँछन । ‘उद्योगमा काम नहुदा, खान बस्न समस्या भएको छ’–उनले भने–‘घर जान पाए खान बस्ने समस्या हुने थिएन ।’

अहिले उनीहरु जस्तै दाङका इटा उद्योगमा काम गर्ने करिव ६ देखि ७ हजार भारतीय मजदुरहरु समस्यामा परेको दाङ देउखुरी इटा व्यवसायी समितिका अध्यक्ष रोम वलीले जानकारी दिएका छन । लकडाउनका कारण इटा उद्योग बन्द भएपछि काम विहिन भएका मजदुरहरुलाई घर पठाउन आफुहरुले चाहेपनि स्थानीय प्रशासनले सहयोग नगर्दा मजदुरहरु समस्या परेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*