Home / Feature Breaking news / काेराेनाले २ लाख ५१ हजार ९३० को मृत्यु

काेराेनाले २ लाख ५१ हजार ९३० को मृत्यु

काठमाडौं ।
कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या अढाई लाख नाघेको छ । विश्वका २१५ देशमा महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण मंगलबार बिहानसम्म २ लाख ५१ हजार ९३० जनाको मृत्यु भइसकेको छ । 

सबैभन्दा धेरै कोरोना संक्रमणको प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा कोरोनाका कारण ६९ हजार ७०३ को मृत्यु भएको छ ।

इटलीमा २९ हजार ७९, बेलायतमा २८ हजार ७३४, स्पेनमा २५ हजार ४२८ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।

कोरोना संक्रमितको संख्या ३६ लाख ४१ हजार नाघेको छ । ११ लाख ९२ हजार ९२६ उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

२१ लाख ९६ हजार १४९ जनाको उपचार भइरहेको छ । जसमध्ये ४९ हजार ६२७ को स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने बाँकीको मध्यम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*