Home / समाचार / कोरोना उपचार कोषमा वनका कर्मचारीबाट दुई लाख ७७ हजार सहयोग

कोरोना उपचार कोषमा वनका कर्मचारीबाट दुई लाख ७७ हजार सहयोग

दाङ, १३ बैशाख ।

डिभिजन वन कार्यालयले कोरोना भाईरस नियन्त्रण तथा उपचार कोषमा करिब तीन लाख रुपैया जम्मा गरेको छ ।

डिभिजन वन कार्यालयमा कार्यरत ७९ जना कर्मचारीहरुले प्रदेश नम्बर ५ को कोरोना भाईरस नियन्त्रण तथा उपचार कोषमा २ लाख ७७ हजार ३ सय ५४ रुपैया जम्मा गरेको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोराना भाईरस (कोभिड १९) को आपत्कालिन नियन्त्रण तथा उपचार कोषको नाममा नेपाल राष्ट्रिय वाणिज्य वैंक बुटवल रुपन्देहीमा रहेको वैंक खातामा जम्मा गरेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहदुर के सि ले जानकारी दिनुभएको छ । डिभिजन वन कार्यालय तथा अन्तर्गतका ८ वटा सव डिभिजन वन कार्यालयमा कार्यरत २० जना (छेठौं स्तर देखी दशौं स्तरका ) अधिकृतहरुले जनही ५ दिनका दरले र सहायक कर्मचारीहरुले जनही ३ दिनका दरले उक्त कोषमा योगदान गरेको डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिनु भयो । यस कार्यले प्रदेश नम्बर ५ मा कोरोना भाईरसको संभावित संक्रमणलाई नियन्त्रण गर्न प्रदेश सरकारले व्यवस्था गरेको क्वारेन्टाईन र आईसोलेसनमा रहेकाहरुको व्यवस्थापनामा खर्च हुने र त्यसले प्रदेश नम्बर ५ मा कोरोनाको संक्रमणको जोखिमलाई न्यूनिकरण गर्ने विश्वास गरिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी के.सी.ले वताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*