Home / Feature Breaking news / मानव अधिकार अनुगमन समिति दाङ गठन, संयोजकमा प्रियासन

मानव अधिकार अनुगमन समिति दाङ गठन, संयोजकमा प्रियासन

दाङ, ९ बैशाख ।

कोभिड–१९ को सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग, नेपाल पत्रकार महासंघ, नेपाल बार एशोशियशन, गैसस महासंघ बीच केन्द्र, प्रदेश र जिल्लामा समिति गठन गरी विद्यमान अवस्थाको अध्ययन, अनुगमन गर्नका लागि समिति गठन गर्ने निर्णय भए अनुसार दाङमा मानव अधिकार अनुगमन समिति दाङ गठन गरिएको छ ।

समिति गठन कार्यबिधीमा नेपाल पत्रकार महासंघ, नेपाल बार एशोशियशन जिल्ला बार इकाई र गैसस महासंघ पदेन सदस्य हुने, पदेन सदस्यमा एकजना संयोजक हुने र पदेन सदस्यहरुले दुईजनालाई राष्ट्रिय मावन अधिकार आयोगको परामर्शमा मनोति गर्ने प्राव्धान छ । जस अन्तगर्त पदेन सदस्य संस्थाहरुको पहिलो वैठकले मानव अधिकार अनुगमन समिति दाङको संयोजकमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलाई चयन गरेको छ ।

यसैगरी समितिको सदस्यमा जिल्ला बारका अध्यक्ष शिबप्रसाद सुवेदी र गैसस महासंघ दाङको तर्फबाट निवर्तमान अध्यक्ष तथा सल्लाहकार साजिदा सिद्दीकी चयन हुनु भएको छ । यसैगरी पदेन सदस्यहरुको वैठकले नागरिक समाज दाङको संयोजक चन्द्रराज पन्त र महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय सचिव लक्ष्मी आचार्यलाई सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।

वैठकमा कोभिड–१९ पछि दाङ जिल्लामा मावन अधिकारको अवस्थाको विषयमा व्यापक छलफल गरिएको थियो । समितिले अबको केही दिनभित्रै दाङका सबै गाउँपालिकाहरुमा पछिल्ला दिनहरुमा मानव अधिकारको अवस्थाको विषयमा बुझ्न प्रत्यक्ष निगरानी बढाउने, स्थलरुपमा सबै ठाउँमा पुगेर अवस्थाको बारेमा अनुगमन गर्ने कार्ययोजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*