Home / Feature Breaking news / नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किइन्

नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किइन्

काठमाडौं : नेपालकी दोस्रो कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएकी छन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएपछि टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत उनी आज अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी हुन् ।

ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् । उनीसँगै एउटै जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको धौलागिरी अस्पतालमा उपचार जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*