Home / समाज / एन प्याव्सन तुलसिपुरद्वारा १ लाख बढि आर्थिक सहयोग

एन प्याव्सन तुलसिपुरद्वारा १ लाख बढि आर्थिक सहयोग

तुलसिपुर, २५ चैत्र ।

एन प्याब्सन तुल्सिपुरले काेराेना भाईरस वाट समस्यामा परेका नगरवासिहरुकाे सहज जीवन यापनका लागि रु १ लाख वढि अार्थिक सहयाेग गरेकाे छ । 

एन प्याव्सन तुलसिपुरले अाफ्ना सदस्य विद्यालयहरुवाट संकलन गरेकाे नगद १,०१,१११/-(एकलाख एक हजार एक सय एक रुपैया ) सहयाेग रकम अाज तुलसिपुर नगर अध्यक्ष शालिकराम कार्कीले तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई हस्ताणतरण गर्नु भएको हाे ।

उक्त सहयाेग रकमले नगरमा रहेका गरिव तथा विपन्न परिवारकाे जीवन यापनमा सहजता अाउने अपेक्षा एन प्याव्सनले लियकाे छ । उक्त अवसरमा वाेल्दै मेयर पाण्डेले सहयोग रकमले काेराेना भाईरसले गर्दा लकडाउनमा परि समस्यामा परेका नगरवासिहरुकाे समस्या समाधानमा सहयाेग पुग्ने भन्दै धन्यवाद प्रकट गर्नुभयाे।

साे अवसरमा एन प्याव्सनका केन्द्रीय सदस्य प्रबाश कुमार शर्मा , दाङ जिल्ला अध्यक्ष विमल गाैतम , उपाध्यक्ष भाेजराज न्याैपाने लगायतकाे सहभागिता रहेकाे थियाे ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*