Home / Feature Breaking news / घोराहीमा ज्येष्ठ नागरिकलाई सम्मान

घोराहीमा ज्येष्ठ नागरिकलाई सम्मान

दाङ, २३ फागुन । घोराही उपमहानगरपालिकाले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । ११० औ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा घोराही उपमहानगरपालिका महिला वालवालिका तथा सामाजिक विकास शाखाले घोराहीका २० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।

ज्येष्ठ नागरिकलाई पोष्टिक आहारका रुपमा हर्लिक, एक हजार रुपैया नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । घोराही उपमहानगरपालिकाका १९ वडाका एक जना र घोराही उपमहानगरपालिका वडा नं. १५मा रहेको दिवा सेवा केन्द्रबाट एक जना गरि २० जना ज्येष्ठ नागरिकहरुलाई घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी र उपप्रमुख सिता न्यौपाने सिक्देलले सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै घोराही उप महानगरपालिका नगर प्रमुख चौधरीले ज्येष्ठले पु¥याएको योगदानको सम्मान स्वरुप उपमहानगरपालिकाले सम्मान गरेको बताएका थिए । ‘समाज र देशका लागि ज्येष्ठ नागरिकको ठूलो योगदान रहेको छ’,उनले भने,‘घर,समाज र देशकालागि योगदान पु¥याउने नागरिकलाई सम्मान आवश्यक छ ।’ उनले ज्येष्ठ नागरिकलाई घरपरिवारसँगै बस्ने बातावरणको विकास लागि सवैले लाग्नुपर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*