Home / समाचार / कुवरद्धारा बिप्लब माओवादी परित्याग

कुवरद्धारा बिप्लब माओवादी परित्याग

दाङ, १ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ नयाँ बसपार्क निवासी अतुल कुवरले नेकपा माओबादी बिप्लव समुह परित्याग गरेको घोषणा गरेका छन । उनले विहिवार एक प्रेश विज्ञप्ती जारी गरि बिगत लामो समय उक्त पार्टीमा आवद्ध रहेर आन्दोलनमा सहभागी भएपनि आजकै मितिदेखि उक्त पार्टी परित्याग गरेको जनाएका छन ।

उक्त पार्टीले गरेका क्रियाकलापहरु नेपालको संविधान र प्रचलित कानुन विपरित हुदै गएकाले म उक्त पार्टीमा बसेर काम गर्न नसक्ने अवस्था रहेपछि राजिनामा गरेको प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिज्ञप्तिमाफर्त उनले आजकै मितिदेखि आगामी दिनमा उक्त पार्टीका कुनै पनि क्रियाकलापमा नलाग्ने र नहरने समेत लिखित प्रतिवद्धता समेत गरेका छन । विप्लव निकट मजदुर संगठनमा आवद्ध रहेका कुँवर गत भदो ३१ गते तुलसीपुरबाट पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*