Home / Feature Breaking news / कमल खत्रीले नचाए दर्शक

कमल खत्रीले नचाए दर्शक

लमही,२८ माघ । लमही महोत्सवको चौथो दिन युवा पुस्ताका निकै लोकप्रिय गायक कमल खत्रीको उपस्थिती । महोत्सव स्थलमा गएका युवा पुस्ताहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका कमलले एक पछि अर्को गीत गाउँदा माहोल तात्दै गयो । आत्मामा बोलको गीतले युवाहरुनै झनै जोशिलो पारेको थियो ।

सारा रात जागेँ लगाएत आधा दर्जन गीत गाएका कमललाई दर्शकहरुले पनि उत्तिकै साथ दिएका थिए । यसैगरि लोक गायिका भुमिका गिरीको प्रस्तुती मंगलवार अर्को आकर्षक बन्यो । लो गीतका भाकाहरुले दर्शकलाई मनोरञ्जन प्रदान गरेकी भुमिकाले पनि दर्शकलाई नचाएकी थिईन् । यसैगरि कमल नारायणीको नृत्यले पनि दर्शकहरुलाई थप मनोरन्जन प्रदान गरेको थियो ।

पछिल्ला दिनहरुमा दर्शकको संख्या बढ्दै गएको महोत्सवमा वुधवार बहुलाहा गीतका गायक रमेशराज भट्राईको प्रस्तुती रहने भएको छ । उनको बहुलाहा बोलको गीत निकै चर्चित बनेको गीत हो । यसैगरि गायिका रीता केसीको प्रस्तुती पनि रहने छ । दाङकी चेली रीता पछिल्लो समय आधुनिक, लोक तथा चलचित्रका गीतको गायकीमा व्यस्त गायिका हुन् । यसैगरि कमल नारायणीको प्रस्तुती बुधवार पनि हुने छ भने बिजय पुन, दिक्षा सुनारको पनि प्रस्तुती रहने छ ।

लमही चेम्बर अफ कमर्शले माघ २४ गते देखि लमहीमा आयोजना गरेको पर्यटन प्रवर्धन तथा कृषि औद्योगिक महोत्सव ५ फागुन सम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*