Home / खेलकुद / आईटिएफ तेक्वान्दो संघ रोल्पाको अध्यक्षमा बाठामगर

आईटिएफ तेक्वान्दो संघ रोल्पाको अध्यक्षमा बाठामगर

रोल्पा,१४ माघ । आईटिएफ तेक्वान्दो संघ रोल्पाको अध्यक्षमा पुन बिक्रम बाठामगर चयन भएका छन । आईटिएफ तेक्वान्दो संघको मंगलबार रोल्पाको लिवाङमा भएको दोस्रो साधारणसभाले सर्वसहमतिमै पुनः बाठामगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसमा उपाध्यक्ष भावना बुढामगर, सचिव सुजन वली, कोषाध्यक्ष रमेश खड्का रहेका छन । सघको सदस्यहरुमा सुर्दशन राणा, तिलक बाठामगर र समिका घर्तीमगर रहेका छन । बाकी रहेका अन्य पदहरुमा विधान अनुसार मनोनयन गरिने भएको छ ।

२०७२ साल फागुन ४ गते अघिल्लो पटक जिल्ला कार्य समिति रोल्पाको अध्यक्षमा निर्वाचित भएका थिए । उनले आफनो कार्यक्रममा रोल्पाा पहिलो पटक ‘प्रथम सिनियर तथा जुनियर प्रादेशिक प्रतियोगिता’ रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका–२ राङ्सीमा, प्रदेश स्तरीय रेफ्री सेमिनार रोल्पा नगरपालिका–४ लिबाङमा गरेका थिए ।

गतबर्ष नै बाठा मगर आईटिएफ तेक्वान्दो संघ रोल्पा देशभरमै उत्कृष्ठ शाखाका रुपमा सम्मानित भएका थिए । अध्यक्षमा निर्वाचित बाठामगरले आगामी दिनहरुमा पनि राष्ट्रिय र प्रादेशिक स्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता सञ्चालनका लागि पहल गर्ने बताएका छन । त्यस्तै दोस्रो कार्यकालको अवधिमा जिल्ला संघको संगठानिक र खेलको विकासका लागि थप पहल गर्ने प्रतिवद्वता व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*