Home / Feature Breaking news / सवारी दुर्घटनामा गायक निशान भट्टराईकाे मृत्यु

सवारी दुर्घटनामा गायक निशान भट्टराईकाे मृत्यु

सवारी दुर्घटनामा परि गायक निशान भट्टराईको निधन भएको छ । गएराति काठमाडौंको दरबारमार्गमा रहेको एक रेस्टुरेन्टबाट फर्किने क्रममा गायक भट्टराई दुर्घटनामा परेका थिए ।

दुर्घटनामा सख्त घाइते उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारकै क्रममा निधन भएको हो । गायक भट्टराई दरबारमार्गमा रहेको वान थाई रेस्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुति सकेर घर फर्किने क्रममा दुर्घटनामा परेका थिए ।

ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार भट्टराईको कार तीनकुनेमा दुर्घटनामा परेको हो ।

उनी आफैंले चलाएको गाडी तीनकुनेमा पोलमा ठोक्किएको थियो । गम्भीर अवस्थामा उनलाई ट्रमा सेन्टर पुर्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*