Home / Feature Breaking news / शिक्षक दरबन्दी मिलानप्रति शिक्षक संगठनहरुको विरोध

शिक्षक दरबन्दी मिलानप्रति शिक्षक संगठनहरुको विरोध

दाङ, २४ पुस ।

दाङको घोराही उपमहानगरपालिकाले एक पक्षीय रुपले शिक्षक – विद्यार्थी फरक पर्ने गरी शिक्षक दरवन्दी मिलान गरेको भन्दै शिक्षकका चार वटा संगठनहरुले बिरोध गरेका छन ।
पेशागत शिक्षक संगठनहरुसँग छलफल नगरी राजनितिक पूर्वाग्रही रुपले घोराही उपमहागरपालिकाले ८४ दरवन्दी कट्ने गरी शिक्षक दरवन्दी मिलान गरेको भन्दै शिक्षक संठनहरुले बिरोध गरेका छन ।

received_481882355802301
नेपाल शिक्षक संघ घोराही स्थानीय समितिका अध्यक्ष गिरिराज शर्मा, अखिल नेपाल शिक्षक संघठन घोराहीका अध्यक्ष हरि चौधरी, अखिल नेपाल शिक्षक संघ घोराहीका अध्यक्ष दुर्गा बस्नेत र संघीय शिक्षक फोरम घोराहीका अध्यक्ष सुवोध यादवले सम्युक्त बिज्ञप्ति निकाले दरवन्दी मिलानका क्रममा सरुवा भएका सवै शिक्षकहरुलाई सरुवा पत्र नवुझ्न आग्रह गरिएको छ ।
दरवन्दी मिलानको बिषय आफूहरुले सञ्चार माध्यमबाट सुनेको भन्दै बिज्ञप्तिमा यस बारेमा घोराही उपमहानगरपालिका शिक्षा शाखामा बुझ्ना जादा शिक्षा समितिले निर्णय गरेको भन्दै सूचना नदिएको गुनासो पनि बिज्ञप्तिमा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*