दाङ,२० पुस । राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेश नं. ५ मा नौ जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन ।
राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस पार्र्टीबाट तीन–तीन जना, समाजवादी पाटीबाट दुई जना र राष्ट्रिय जनमोर्चा पाटीबाट एक जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
५ नं. प्रदेशमा नेकपाबाट जगप्रसाद शर्मा, बिमला घिमिरे र गोपाल भट्राईले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेसबाट गिरिजादेवी न्यौपाने, मेहराज अहमद हलुवाई र बालकृष्ण पाण्डेयले मनोनयन दर्ता गराएका छन । त्यसैगरी राष्ट्रियसभा सदस्यका लागि समाजवादी पाटीबाट दुई जनाले मनोनयन दर्ता गराएका छन ।
समाजवादी पाटीबाट अल्पसंख्यक सदस्यमा सुनिलकुमार सिंघल र अन्यबाट कृष्णप्रसाद अहिरले मनोनयन दर्ता गराएका हुन । त्यसैगरी राष्ट्रिय जनमोर्चा पार्टीबाट शिवप्रसाद पौडेलले मनोनयन दर्ता गराएका छन ।