Home / समाचार / घोराहीको विकट बसेरीखोलाका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच

घोराहीको विकट बसेरीखोलाका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच

घोराही, ५ पुस । घोराही उपमहानगरपालिका वडा नं. ५ को विकट बस्ती बसेरीखोलाका ज्येष्ठ नागरिकहरु स्वास्थ्य जाचसँगै विरामीहरुलाई औषधी वितरण गरिएको छ । घोराही उपमहानगरपालिकाको स्वास्थ्य कार्यक्रम अन्तर्गत वडाध्यक्ष बिष्णुमणि दाहाल, धर्ना स्वास्थ्यचौकीका प्रमुखसहितको टोली बसेरीखोला पुगेर ज्येष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाच गरेको हो ।

chek

त्यस अवसरमा बसेरीखोला सिदुरेलागयतका गाउँका ३५ जना ७० बर्ष नाघेका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाचसँगै औषधि वितरण गरिएको घोराही उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष बिष्णुमणि दाहालले जानकारी दिएका छन । स्वास्थ्य परिक्षणका क्रममा ज्येष्ट नागरिकमा दम,सुगर, प्रेसरलगायतका विरामीहरु भेटिएका थिए ।

बिरामीहरुको स्वास्थ्य परिक्षणसँगै जटिल खालका विरामीहरुलाई स्वास्थ्य परामर्श समेत दिने गरिएको थियो । स्वास्थ्य परिक्षणमा वडाध्यक्ष दाहालसँगै घोराही उपमहानगरपालिकाका योजना शाखाका प्रमुख युवराज पौडेल, प्राविधिक मधुसुदन खतिवडा, धर्ना स्वास्थ्य चौकीकीका प्रमुख प्रकाश शर्मा, हेल्थअसिस्टेन्ट सपना पुन, हेल्थअसिस्टेन्ट ललित केसीलगायतको सहभागिता रहेको थियो ।

 

त्यस अवसरमा स्थायनीले गाउँमा खानेपानी र बाटोको समस्या रहेको भन्दै सडक र खानेपानीको समस्या समाधानकालागि पहल गरिदिन आग्रह गरेका थिए ।
कार्यक्रम अनुसार वडा नं. ५ का ३० वटै टोल विकास सस्थामा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिने भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*