Home / Feature Breaking news / ‘दलीय सहमति भए भोली नै मतगणना’

‘दलीय सहमति भए भोली नै मतगणना’

दाङ,१३ मंसिर । दलीय सहमति भए घोराही १६ को उपनिर्वाचनको मतगणना आजै सुरु हुने जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन् ।

उपनिर्वाचनको अन्तिम तयारीको अवस्थामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला सुरक्षा समिति दाङले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी रिजालले तत्काल गणना सुरु गर्दा प्रक्रिया सहज हुने र भोलिपल्ट गर्दा झन्झटिलो हुने हुँदा दलहरुको सहमतिमा आजै गणना सुरु गर्ने तयारीमा रहेको बताए । ‘राजनीतिक दलहरुका बीचमा दलीय सहमति भए शनिवार साँझ ६÷७ बजेदेखि नै मतगणना सुरु गर्छौं’–प्रमुख जिल्ला अधिकारी रिजालले भने – ‘मतगणनाका विषयमा दलहरुका बीचमा कस्तो सहमति हुन्छ, त्यसमा निर्भर रहन्छ ।’ घोराही उपमहानगरपालिका वडा नं। १६ सदरमुकाम नजिकै भएकाले मतपेटिकाहरु समयमै संकलन हुने हुँदा गणनाको तयारी सम्भव भएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार घोराही उपमहानगरपालिका वडा नं। १६ को मतगणना दाङ देउखुरी जिल्ला अदालतको परिसरभित्र गरिने व्यवस्था मिलाइएको छ । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं। ३ ९ख० को मतगणना भने आइतवार विहानदेखि गरिने भएको छ । उक्त क्षेत्रका केही मतदान स्थल विकट क्षेत्रमा रहेको मतपत्र ल्याउन समय लाग्ने भएकाले प्रदेशसभाको मतगणना आइतवार गर्ने व्यवस्था मिलाइएको रिजालले बताएका छन् ।

प्रदेशसभाको मतगणना जिल्ला समन्वय समितिको सभा हलमा गरिने भएको छ । शनिवार साँझदेखि नै मतगणना गर्नका लागि प्राविधिक रुपमा सम्पूर्ण तयारी पूरा गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । उनले सम्पूर्ण मतदातालाई निर्धक र भयरहित भए आफनो स्वतन्त्र र वहुमूल्य मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*