Home / समाचार / हात मिलाएको चिन्ह लिएर जगलाल प्रचारमा

हात मिलाएको चिन्ह लिएर जगलाल प्रचारमा

घोराही, ४ मंसिर ।

घोराही १६ को वडाध्यक्ष पदका लागि स्वतन्त्र रुपमा उम्मेदवार बन्नुभएका जगलाल चौधरी हात मिलाएको चुनाब चिन्ह लिएर मतदाताको घरघरमा पुग्नुभएको छ ।

गएको कार्तिक २७ गते स्वतन्त्र रुपमा वडाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनुभएका चौधरीले वडाका विभिन्न बस्तीमा पुगेर प्रचारप्रसारमा ब्यस्त रहनुभएको हो ।

स्थानीय रुपमा निकै लोकप्रिय रहेका चौधरीलाई स्थानीय जनताले साथ दिएका छन् । वडाभित्र रहेका ३७ टोलमा पुग्ने गरी प्रचारलाई ब्यापक बनाउनुभएको छ ।

स्वर्गीय वडाध्यक्ष लक्षिणप्रसाद बुढाका सपना पूरा गर्ने गरी चुनाबी प्रचारमा रहनुभएका चौधरीलाई निर्बाचन कार्यालयले हात मिलाएको चुनाब चिन्ह प्रदान गरेको छ ।

ब्यबस्थित रुपमा प्रचारलाई बढाउनुभएका चौधरीलाई स्वर्गीय लक्षिणप्रसाद बुढाकी धर्मपत्नीको पनि साथ रहेको छ । स्वतन्त्र उम्मेदवार बनेर जनताका घरमा पुग्न सुरु गर्नुभएका जगलाल चौधरीलाई निर्बाचन जिताउने प्रतिबद्धता मतदाताले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*