दाङ, ३ असोज । नेपाली काग्रेसको जागरण अभियान अन्तरगत शुक्रबार घोराही उपमहानगरपालिका वडा न २ रामपुरमा दोस्रो जागरण अभियानको कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काग्रेसले जनतालाई सुशुचित पार्दै आफ्ना नेता कार्यकर्तालाई गोलवद्ध बनाउन दोस्रो चरणको जागरण अभियान अन्तरगत रामपुरमा कार्यक्रमको आयोजना गरेको हो।
राट्रियता, लोकतन्त्र र समाजबादको नारा सहित नेता कार्यकर्ता तथा नेपाली काग्रेस हिमाईतीलाई उत्साहपुर्ण सन्देशदिन राष्ट्रब्यापी दोस्रो चरणको जागरण अभियानको थालनि गरेको अभियानका प्रमुख अतिथि नेपाली काग्रेश केन्द्रिय प्रतिनिधि शुसिला शाहीले बताउनु भएको छ ।
दाङ जिल्ला क्षेत्र नं १ “ख” का सभापति देवानसिङ् चौधरीको अध्यक्षता, नेपाली काग्रेश केन्द्रिय प्रतिनिधि शाहिको प्रमुख आथित्यता र नेपाली काङ्ग्रेसका नेता एव पुर्व साम्सद कृष्णकिशोर शर्मा घिमिरेको बिशिस्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । जागरण अभियानमा साविक रामपुर गाबिस हाल घोराही उपमहानगरपालिका वडा नं १ र २ का पाटीका कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
जागरण अभियानमा बोल्ने बक्ताले विगत र बर्तमान अवस्थामा नेपाली काग्रेशको अवस्था, चुनौति र संगठन बलियो बनाउने बताएका थिए । उनिहरुले स्थानीय सरकारले गाउतहमा काग्रेस कार्यकर्ता भएकै कारण दुख दिने गरेको भन्दै त्यसलाइ उजागर गर्नुपर्नेमा जोड दिएका छन । कार्यक्रम दुई दर्जन बढी बोल्नु भएको थियो ।
कार्यक्रममा नेपाली काग्रेस जिल्ला सदस्य गिरिजादेवि न्यौपाने,काङ्ग्रेस नेता हिमलाल भुसाललगएतकले बोल्नु भएको थियो । काग्रेस साबिक रामपुरका सभापति रेवतिप्रसाद घिमिरेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सन्चालन काग्रेस क्षेत्रीय सचिव चुडामणि आचार्यले गर्नुभएको थियो ।