दाङ, २ भदौ
सत्ता र सत्तारुढ दलको इच्छा पुरा गर्न आस्थाको आधारमा संघमा आवद्ध शिक्षकहरुलाई भेदभाग गरी सरुवा, प्रधानाध्यापक नियुक्ति लगायतका सेवा सुविधाबाट बञ्चित गर्ने गरी दाङमा काम अघी बढेको भन्दै नेपाल शिक्षक संघले सोमबार शिक्षा बिकास तथा समन्वय इकाइ दाङको कार्यालयमा धर्ना दिएका छन । शिक्षकहरुले बिहान १० बजेदेखी कार्यालयको मूल ढोकामा धर्ना दिएपछी सेवाग्राही कार्यालय प्रबेस गर्न पाएका छैनन । आज कार्यालयको काम ठप्प छ ।
नेपाल शिक्षक संघ दाङका अध्यक्ष युुवराज बस्नेतले शिक्षा बिकास तथा समन्वय इकाइ, गाउँ र नगर शिक्षा समितिहरुले नेपाल शिक्षक संघका आवद्ध भएका शिक्षकहरुलाई भेदभाव हुने गरी काम गरेको प्रमाण आफूहरुलाई प्राप्त भएको भन्दै त्यस्ता कार्यको बिरुद्ध कडा धर्ना गरिएको जानकारी दिनु भयो ।
सत्ताको आडमा थालिएका यस्ता दुराग्रहीपूर्ण गतिबिधिहरु प्रति आपत्ती र खेद प्रकट गर्दै शिक्षा जस्तो अति संवेदनसील र राजनितिबाट मुक्त रहनुपर्ने क्षेत्रमा चरम राजनितिक हस्तक्षप नगर्न संघले अनुरोध गरेको छ । शिक्षा क्षेत्रमा हुने राजनितिक हस्तक्षेपले शिक्षा प्रमीहरुलाई आश्चर्यचकित पारेको भन्दै बिज्ञप्तिमा यस्ता बिकृति र बिसंगतिहरुलाई अन्त्य गर्न जस्तो सुकै कडा कदम चाल्न पनि नेपाल शिक्षक संघ तत्पर रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
हस्तक्षेका बिरुद्ध बिरोध कार्यक्रमहरु गर्न बाध्य भएको जानकारी गरादै बिज्ञप्तिमा आफूहरुको बिरोध कार्यक्रमहरुले शिक्षा क्षेत्रमा देखापर्ने असुविधाहरुप्रति सम्वन्धित पक्ष नै जवाफदेहि हुनुपर्ने उल्लख गरिएको छ । आफूहरुको सशक्त बिरोधमा सक्रिय रुपमा सहभागि हुन नेपाल शिक्षक संघमा आवद्धमा सम्पूर्ण शिक्षकहरुलाई अपिल गरेको छ ।
Sent from OPPO Mail