Home / Feature Breaking news / दाङ उवासंघद्वारा व्यवसायी श्रेष्ठलाइ ५१ हजार सहयोग

दाङ उवासंघद्वारा व्यवसायी श्रेष्ठलाइ ५१ हजार सहयोग

दाङ, १९ साउन ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराही स्र्थिीत गाऊले इलेटिकलका प्रो.पाइटर विष्णु श्रेष्ठ लाई सहयोग रकम प्रदान गरेको छ ।
संघले आइतवार श्रेष्ठ लाइ ५१ हजार रुपैया सहयोग गरेको हो । पिडित व्यवसायिलाई सानो भए पनि सहयोग पुगोस भनेर सहयोग गरेको संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए ।

संघले संघमा आवद्ध व्यवासायिहरु लाइ समस्या पर्दा सहयोग गदै आएको छ । संघले व्यवासायिक सुरक्षा कोष मार्फत पिडित व्यवसायिलाइ सहयोग गरेको संघका कोषाध्यक्ष शुसिल पोख्रेलले जानकारी दिए । श्रेष्ठको यही साउन १५ गते नजिकै घर निमार्णका लागि जग खन्ने क्रममा घर भत्कीदा व्यवसायमा क्षति पुगेको थियो ।

घर भत्कीदा घरमा व्यवसाय गरेको उनको ७ लाख वरावरको क्षति भएको पिडित श्रेष्ठले जानकारी दिए । पिडित श्रेष्ठले सहयोगका लागि समेत आग्रह गरेका छन् । उनले विगत २०६३ साल देखि घोराहीमा व्यवसाय गदै आएका छन् ।
यसैविच दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यवासयिक सचेतना कार्यक्रमलाई निरन्ता दिने भएको छ ।

व्यवसायिक सचेतनाका लागि संघका वाणिज्य उपाध्यक्ष टंकसिह वुढाथोकी लाई संयोजक तोकेको छ ।

संघको आइतवार वसेको वैठकले यस्तो निर्णय गरेको संघका महासचिव नरेश कार्कीले जानकारी दिए । बैठक संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा वसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*