Home / Feature Breaking news / मार्शल आर्ट हाप्किडोको प्रदेशस्तरिय सेमिनारको तयारी पुरा

मार्शल आर्ट हाप्किडोको प्रदेशस्तरिय सेमिनारको तयारी पुरा

दाङ,९ साउन प्रदेश स्तरिय मार्शल आर्ट्स हाप्किडो सेमिनारको तयारी पुरा भएको छ । यहि साउन १० र ११ गते घोराही उपमहानगरपालिका–१४ कभर्ड हल शिवमन्दिरमा हुनगईरहेको सेमिनारको तयारी पुरा भएको आयोजक मार्शल आर्टस हाप्किडो संघ दाङले जनाएको छ ।

जिल्ला मार्शल आर्ट्स हाप्किडो संघको आयोजनामा हुन गैरहेको उक्त सेमिनारमा विभिन्न जिल्लाबाट प्रशिक्षक, खेलाडीहरू आउने क्रम भैरहेको आयोजक समितिका संयोजक तथा दाङ जिल्ला मार्शल आर्ट्स हाप्किडो संघका अधक्ष्य भुवन बुढा मगरले जानकारी दिए ।

सेमिनारको उद्घाटन प्रतिनिधि सभाका सदस्य एव नेकपा नेता मेटमणि चौधरीले गर्ने भएका छन । शुक्रवार दिउँसो १२ बजे घोराही कर्वड हलमा चौधरीले सेमिनारको उद्घाटन गर्ने भएको आयोजकले जानकारी दिएको छ । कार्यक्रमको विशिष्ट अतिथिमा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी रहेको मार्शल आर्ट हाप्किडो संघका केन्द्रीय सदस्य हरिबहादुर सुनुवारले जानकारी दिए ।

सेमिनारमा केन्द्रबाट नेपाल मार्शल आर्ट्स हाप्किडो संघका उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व बोर्ड सदस्य नारायणप्रसाद पौडेल, प्रमुख प्रशिक्षक लानम लामा र राष्ट्रिय मार्शल आर्ट्स हाप्किडो खेलाडीहरू दाङमा आइसकेका छन ।

प्रदेशमा पहिलो पटक हुन थालेको सेमिनारमा प्रदेश नं. ५ का विभिन्न जिल्लाका एक सय ३० बढि खेलाडीहरुको सहभागिता रहने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*