Home / Feature Breaking news / एक करोडको लगानीमा एग ट्रे उद्योग

एक करोडको लगानीमा एग ट्रे उद्योग

अमरराज आचार्य
दाङ,८ साउन । दाङको घोराहीमा करिव एक करोड लगानीमा एग ट्रे उद्योग सञ्चालनमा आएको छ । घोराही उपमहानगरपालिका वडा नं १६ मा ६ जना युवाहरुले मिलेर न्यू स्वर्गद्धारी एग ट्रे उद्योग सञ्चालनमा ल्याएका हुन ।

युवाहरुको सयुक्त लगानीमा जिल्लामा पहिलो पटक उद्योग सञ्चालनमा आएको उद्योग सञ्चालन समितिका अध्यक्ष वुद्धिप्रकाश रायमाझीले जानकारी दिए । एग ट्रे उद्योगले दैनिक एक सय ५० देखि दुई सय बण्डल अण्डा राख्ने क्यारेटहरु उत्पादन गर्ने गरेको अध्यक्ष रायमाझीले बताए । ‘जिल्लामा नयाँ भएको र व्यवसायीका लागि जिल्ला बाहिरवाट ल्याउनुपर्ने बाध्यता हटाउनका उद्योग सञ्चालनमा ल्याएका हौ’,अध्यक्ष रायमाझीले भने,‘ उद्योग सञ्चालनमा आएसँगै मागको अवस्था बढ्दै गएको छ ।’

अण्डा उत्पादनका दृष्टिले दाङ नेपालमै चितवनको जिल्ला भएकाले पनि जिल्लामा उद्योग सञ्चालनमा समस्या नरहेको अध्यक्ष रायमाझी बताउँछन । जिल्लामा अण्डा राख्ने क्यारेट उद्योग नहँुदा जिल्ला बाहिरवाट ल्याउनुपर्ने बाध्यता रहेको थियो । ‘दाङमा धेरै अण्डा उत्पादन भएपनि जिल्लामा अण्डा राख्ने क्यारेट उत्पादन गर्ने उद्योग थिएन’,उनले भने,‘जिल्लामा उद्योग नहुदा व्यवसायीलाई जिल्ला बाहिर गएर ल्याउनुपर्ने बाध्यता रहेको थियो ।’
उद्योग सञ्चालनमा आएसँगै जिल्लाका व्यवसायीहरुलाई सहज भएको छ ।

age

‘घोराहीमा उद्योग सञ्चालनमा आएसँगै व्यवसायीहरुलाई सहज भएको छ’उनले भने,‘पहिले जिल्ला बाहिरवाट ल्याउनुपर्ने ट्रे अहिले यहिवाट जाने गरेको छ ।’ जिल्लामै किन्दा सस्तोसँगै भनेकै समयमा पाइने भएकाले पनि व्यवसायीहरु सन्तुष्ट रहेको अध्यक्ष रायमाझीको भनाई रहेको छ । लामो समय बैदेशिक रोजगारीमा बसेका रायमाझीले जिल्लामै स्वदेशमै केही गरौ भनेर साथीहरुसँग मिलेर उद्योग सञ्चालन गरेको बताउँछन ।

एग ट्रे उत्पादनका लागि कच्चा पदार्थ समेत जिल्लामा उपव्लध हुने गरेको छ । कच्चा पदार्थ जिल्लामै उपलव्ध हुने भएपनि उद्योग सञ्चालनमा सहजता भएको अर्का सञ्चालक राजेश केसीले बताए । पुराना कापी, किताबलगायतका कागजहरुको सदुपयोग गरेर एग ट्रे उत्पादन गर्ने गरेको केसीले बताए । उद्योगवाट उत्पादित अण्डाका क्यारेटहरु दाङसहित जिल्ला बाहिर समेत जाने गरेको छ । उद्योगमा आफुसँगै आठ जनालाई रोजगारी समेत दिएका छन ।

उद्योगको सञ्चालकमा बुद्धिप्रकाश रायमाझी, शरद रायमाझी, चमेलीदेवी श्रेष्ठ, राजेश केसी, टेकवहादुर जिसी, लोकवहादुर विसीले सयुक्त रुपमा लगानी गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*