Home / Feature Breaking news / शिल्पा सुनसंग जोखिने शरद सुनपानीले चोखिने भए पछि प्रेम असफल

शिल्पा सुनसंग जोखिने शरद सुनपानीले चोखिने भए पछि प्रेम असफल

दाङ,५ साउन ।

तिमी सुनसंग जोखिने मान्छे
म सुन पानीले चोखिने मान्छे …
गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार प्रकाश केसीको शब्द, गायक शरद ‘समिप’को स्वर, संगीतकार ज्योति प्रकाशको संगीत र विष्णु अधिकारीको संगीत संयोजन रहेको छ । देशको कुसंस्कार जातिय छुवाछूतको प्रेमलाई चित्रण गरिएको सन्देशमुलक बियोगान्त गीतको भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा वरिष्ठ चलचित्र पत्रकार तथा भिडियो निर्देशक शान्तिप्रियको निर्देशन रहेको छ । बाल्यकालदेखि युवा अबस्थासम्मको अन्तरजातीय प्रेम सम्बन्धमा आधारित यस गितको म्युजिक भिडियोमा सुप्रसिद्ध नायिका शिल्पा पोखरेल, वरिष्ठ चलचित्रकर्मी मोहन निरौला र स्वयम गायक शरद ‘समिप’को अभिनय रहेको छ । म्यजिक भिडियोमा माधबराज खरेल र बाल कलाकार कुशाग्रह भट्टराई, एञ्जेल राईको पनि अभिनय रहेको छ ।

मुकेश हुमागाइको छायांकन, रविन वजगाइको ड्रोन अपरेटिङ ,राम ढकालको स्टिल फोटोग्राफी रहेको छ । उक्त भिडियो म्युजिक भिडियो साधना क्रियसन युटुब च्यानलबाट सार्वजनिक भएको छ । गायक शरद समिपका धेरै आधुनिक गीतहरुमा स्वर दिएका छन ।

गीतको भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=JxP30RDYG-

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*