Home / Feature Breaking news / माहुरीपालन व्यवसायमा रमाउँदै चित्रभान

माहुरीपालन व्यवसायमा रमाउँदै चित्रभान

दाङ, १३ असार । शान्ति गाउँपालिका वडा नं. ७ निवासी चित्रभान केसी माहुरी व्यवसायमा सन्तुष्ट छन । केही बर्ष पहिलेसम्म अन्य व्यवसाय गर्दै आएका केसीले विगत चारबर्षदेखि माहुरीपालन व्यवसाय गर्दै आएका छन । कम मेहनतमा धेरै उत्पादन लिन सकिने भएपछि उनले माहुरी व्यवसाय सुरु गरेका हुन ।

कम मेहनतमा राम्रो आम्दानी लिन सकिने भएपछि माहुरीपालन व्यवसायमा केसी सन्तुष्ट रहेका छन । परम्परागत रुपमा कृषि व्यवसाय गर्दा धेरै मेहनत गर्नुपर्ने तर सोचे जस्तो उत्पादन नहुने भएपछि विगत चारबर्षदेखि माहुरीपालन व्यवसायमा गर्न थालेका हुन । उनले अहिले माहुरीपालन व्यवसायवाट बार्षिक छ लाख रुपैयाँको कारोवार गर्ने गरेको छताए ।

२०७१ सालमा चौध हजार रुपैयाँवाट चार घार माहुरी किनेर व्यवसाय सुरु गरेको माहुरी व्यवसाय चार बर्षको समयमा दुई सय माहुरीका घार बनाएका छन । ‘चार घार माहुरी किनेर व्यवसाय सुरु गरेको थिए, राम्रो आम्दानी हुन थालेपछि विस्तार गरेको हँु’,व्यवसायी केसीले भने,‘अहिले दुई सय बढि माहुरीका घारहरु रहेका छन ।’ माहुरी व्यवसायवाट राम्रो आम्दानी हुदै गएकाले बढाउँदै गएको समेत बताए ।

केसीले माहुरीको महसँगै घार समेत विक्रि गर्ने गरेका छन । माहुरीका घार थप्दै गएका केसीले माहुरीलाई चरणको समस्या रहेको बताए । ‘व्यवसायीक माहुरपालन व्यवसाय गर्न सके अत्यन्त राम्रो छ’, केसीले भने,‘व्यवसायीक रुपमा माहुरीपालन गर्न सक्ने हो भने कमाउन कही जान प्रदैन ।’ केसीले उत्पादन गरेको मह गाउघरसँगै तुलसीपुर, घोराहीदेखि बुटवल,चितवनसम्म जाने गरेको बताए । बाहिर जिल्ला मह पठाउँदा व्यवसायीमाफर्त पठाउने गरेको उनी बताउँछन ।

नयाँ व्यवसायीहरु थपिदै जादा नयाँ घार आवश्यक पर्ने भएकाले पनि मह भन्दा आफुले घार उत्पादन गरेर विक्री गर्ने गरेको बताए । उत्पादन भएका नयाँ घार गाउँमा समेत विक्रि हुने गरेका छन । गाउँमा केसी मात्र नभउर अहिले राधाकृष्ण माहुरीपालन कृषि समूह समेत गठन भएको छ । समूहमा १४ जना सदस्य रहेका छन । समूहका अधिकांस सदस्यहरुले माहुरीपालन व्यवसाय गर्ने गरेका छन । उनीहरुसँग दशदेखि २५ घारसम्म माहुरी पाल्ने गरेका छन । माहुरीपालन व्यवसायवाट आम्दानी हुने आशासहित समूह गठन गरेर माहुरपालनमा लागेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*