Home / Feature Breaking news / कृष्ण सेन ‘इच्छुक’को स्मृति दिवसमा शर्मा, पीडित र आचार्य सम्मानित

कृष्ण सेन ‘इच्छुक’को स्मृति दिवसमा शर्मा, पीडित र आचार्य सम्मानित

दाङ,१३ जेठ । शहिद कृष्ण सेन ‘इच्छुक’ सहिद कृष्ण सेन इच्छुकको १७ औँ स्मृति दिवसका अवसरमा बरिष्ठ पत्रकार नारायणप्रसाद शर्मासहित विभिन्न व्यक्तिहरु सम्मानित भएका छन ।

नेपाल पत्रकार महासंघ दाङ शाखा, प्रेस संगठन दाङ र जनसास्कृतिक महासंघ दाङ शाखाले सयुक्त रुपमा आयोजना गरेको स्मृति दिवस तथा सम्मान एव पुरस्कार वितरण समारोहमा प्रेस संगठन नेपाल दाङले ‘कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कारवाट दाङका बरिष्ठ पत्रकार नारायणप्रसाद शर्मालाई सम्मान गरिएको हो ।

त्यस्तै नेपाल पत्रकार महासंघ दाङमा स्थापना गरिएको ‘कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार’वाट शाखाका पूर्व अध्यक्ष तथा सल्लाहकार केएल पीडितलाई र जनसास्कृतिक महासंघ दाङमा स्थापना गरिएको पुरस्कारवाट साहित्यकार निर्मल आचार्यलाई कृष्णसेन स्मृति साहित्यिक पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख प्रगतिशील लेखक संघका केन्द्रीय पूर्व अध्यक्ष अमर गिरीले पुरस्कृत सष्ठाहरुलाई नगदसहित टिकालगाएर प्रमाणत्र प्रदान गरेका थिए ।
लाई सम्वोधन गर्ने बक्ताहरुले कृष्ण सेन इच्छुकको नेपाली पत्रकारितासँगै राजनीति र साहित्यमा महत्वपुर्ण योगदान रहेको बताएका थिए ।

प्रेस सेन्टरका अध्यक्ष प्रकाश चौधरीको अध्यक्षमा भएको कार्यक्रममा बोल्दै प्रगतिशिल लेखक संघका पूर्व केन्द्रीय अध्यक्ष अमर गिरीले सहिद कृष्ण सेन इच्छुक विचारमा प्रतिवद्ध, त्यागी र निष्ठावान व्यक्ति भएको बताए ।
कार्यक्रममा प्रेस काउन्सील नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएम, नेकपाका केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमण्ड’, नेकपा दाङका अध्यक्ष टिकाराम खड्का, सम्मानित व्यक्ति निर्मल आचार्य,नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले बोलेका थिए ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा सम्मानित व्यक्ति केएल बुढाथोकी, कृष्ण सेनका आफन्ती चुनचुन केसी, नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य अजयदिप शर्मा, प्रलेसका केन्द्रीय सदस्य अजयदिप शर्मा, सामुदायिक रेडियो प्रशारक संघ प्रदेश नं. ५ का सचिव संगीत बस्याल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष प्रताप रेग्मी, राप्ती साहित्य परिषदका उपाध्यक्ष टिकाराम उदाशी, प्रेस युनियन दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, जनपत्रकार संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष जानकी दहितलगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रेस चौतारी दाङ शाखाका अध्यक्ष जेएन सागरको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा सम्मानित व्यक्तिहरुको परिचय प्रेस संगठनका केन्द्रीय सदस्य नरेन्द्र्र केसीले गरेका थिए । कार्यक्रमका सहभागीहरुलाई जनसास्कृतिक संघका अध्यक्ष रञ्जीत बुढाले गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव भुपेन्द्र वलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*