Home / Feature Breaking news / सवारी दुर्घटनामा एक जनाको मृत्यु

सवारी दुर्घटनामा एक जनाको मृत्यु

दाङ,८ जेठ । सवारी दुर्घटनामा बुधवार एक जनाको मृत्यु भएको छ ।

घोराही–तुलसीपुर सडक खण्डको घोराही उपमहानगरपालिका वडा नं. १६ रातवगाउँ चोकमा घोराहीवाट तुलसीपुरतर्फ जादै गरेको लु ४७ प १५४७ नम्वरको मोटरसाईकल र विपरित दिशावाट आउँदै गरेको ना ५ ख ९८५३ नम्वरको पावरटेलर एक आपसमा ठक्कर खादा मोटरसाईकलमा सवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ पहली निवासी २४ बर्षीय पुजा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकी विकको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ निवासी गुमान विक गम्भीर घाइते भएका छन । घाइते विकलाई घोराहीमामा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचार गरि थप उपचारकालागि मेडिकल कलेज भैरहवा पठाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*