Home / Feature Breaking news / धर्नालाई अर्गानिक तरकारीको हवः पूर्व सांसद खनाल

धर्नालाई अर्गानिक तरकारीको हवः पूर्व सांसद खनाल

दाङ,१ जेठ । नेपाली काग्रेका नेता तथा पूर्व सांसद राजु खनालले घोराही उपमहानगरपालिका वडा नं. ५ लाई तरकारीको आर्गनिक हवका रुपमा विकास गर्नुपर्ने बताएका छन । गरिवसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत बुधवारदेखि बसन्तापुरमा सुरुभएको दुई दिने बेमौषमी तरकारी खेती तालिम तथा विउँविजन वितरण कार्यक्रमको उद्घाटन गर्दै पूर्व सांसद खनालले धर्ना तरकारी खेतीका लागि राम्रो क्षेत्र रहेको भन्दै उक्त क्षेत्रलाई तरकारीको हवका रुपमा विकास गर्नुपर्ने बताए ।

त्यसका लागि स्थानीय सरकारले किसानहरुलाई तालिमसँगै बिउविजनमा सहयोग गर्नुपर्ने बताए । कुनै बेलामा सुक्का क्षेत्रका रुपमा रहेको धर्ना पछिल्लो समय सिचाईको सुविधा भएको भन्दै अव स्थानीय कृषकले सिचाईलाई सही रुपमा उपभोग गर्नुपर्ने बताए । किसानहरुले बेमौषमी तरकारी खेती गर्न सके आर्थिक जीवनस्तरमा कार्यक्रमले परिवर्तन ल्याउने खनालको भनाई रहेको थियो ।

गरिवसँग काग्रेसलाई जोड्न महत्वूर्ण कार्य समेत रहेको खनालले बताएका थिए । त्यस्तै कार्यक्रममा गरिवसँग विश्वेश्वर कार्यक्रमका जिल्ला संयोजक सुदीप गौतमले गरिव समुदायका मानिसहरुमा आर्थिक र सामाजिक रुपमा परिवर्तन ल्याउन कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताए । विपन्न परिवारका समुदायका परिवारमा कृषि व्यवसायका माध्यमवाट आयआर्जनमा सहयोग पुरयाउने बताए ।

त्यस्तै कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले गरिवसँग विश्वेश्वर कार्यक्रमलाई सही रुपमा सदुपयोग गर्दै दैनिक आयआर्जनमा परिवर्तन ल्याउन आग्रह गरेका थिए । बेमौषमी तरकारी खेती तालिमले आर्थिक रुपमा पछि पारिएका महिलाहरुको आर्थिक तथा सामाजिक जीवन रुपमान्तरणमा सहयोग परयाउने बताएका थिए ।

घोराही उपमहानगरपालिका वडा नं.५ का वडाध्यक्ष बिष्णुमणि दाहालको अध्यक्षामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य लोका विश्वकर्मा,साविक धर्ना गाविसका अध्यक्ष तथा नेपाली काग्रेसका नेता कृष्णबहादुर केसी,घोराही उपमहानगरपालिकाका कार्यपालिका सदस्य डिल्ली नेपालीलगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण वडा सचिव लक्ष्मण अधिकारीले गरेका थिए ।

दुई दिनसम्म चल्ने तालिममा वडाका ११ वटा समूहका ३३ कृषकको सहभागिता रहेको छ । तालिममा कृषकलाई बेमौषमी तरकारी खेतीसम्वन्धी तालिमसँगै बिउबिजन समेत वितरण गरिने छ । तालिमको प्रशिक्षकमा खुमन शर्मा र राजन चौधरी रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*