Home / खेलकुद / जागरुक र अटल युबा क्लब सेमीफाइनलमा

जागरुक र अटल युबा क्लब सेमीफाइनलमा

दाङ, ११ फागुन । दाङको घोराहीमा जारी खलन थापा मगर कप रनिङ फुटबल प्रतियोगितामा जागरुक एकता क्लब र अटल युबा क्लब रातो सेमीफाइनलमा प्रबेश गरेका छन् । प्रतियोगिता अन्तर्गत शनिबार भएका दुई खेलबाट जागरुक र अटल सेमीफाइनलमा प्रबेश गरेका हुन् ।

प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो खेलमा जागरुक एकता क्लब घोराहीले तुलसीपुरको एसएसएफएलाई सुन्यका बिरुद्ध १ गोल गर्दै सेमीफाइनलमा प्रबेश गरेको हो । जागरुकका तर्फबाट हर्षबद्र्धन आलेले १ गोल गर्नुभएको थियो ।

खेलमा जागरुकका सुरेन्द्र भण्डारी र सन्दिप बुढा र एसएसएफका गणेश खड्काले पहेलो कार्ड प्राप्त गरेका थिए । यस्तै शनिबार भएको दोस्रो खेलमा अटल युबा क्लब रातो नबजागरण युबा क्लबलाई ३—२ गोल गर्दै बिजयी भएको छ ।

खेलमा अटलका तर्फबाट निराजन भण्डारी, भरत चौधरी र ज्ञानबिक्रम थापा मगरले १÷१ गोल गर्नुभएको थियो भने नबजागरणका तर्फबाट बिबेक सुनार र दिपक बिष्ट मगरले १÷१ गोल गरेका थिए । खेलमा अटलका शेखर बोहराले पहेलो कार्ड प्राप्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*