Home / Feature Breaking news / सरकारको एक वर्षे कार्यकाल निराशाजनकः खड्का

सरकारको एक वर्षे कार्यकाल निराशाजनकः खड्का

काठमाण्डौं, २७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले वर्तमान सरकारको एक वर्षे कार्यकाल पूर्णरुपमा असफल भएको बताएका छन् ।

रिपोर्टस क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता खड्काले भने, ‘अहिले मुलुकको अर्थतन्त्र डामाडोल छ । यो ५ महिनामा ५ खर्ब ६९ अर्बको व्यापार घाटा छ । निजी क्षेत्रको पनि त्यस्तै समस्या छ ।’

दुई तिहाईको सरकारले उत्ताउलो कुरा गरिरहेको भन्दै नेता खड्काले अघि भने, ‘जनताका आधारभूत कुराहरु यो सरकारले पूरा गर्न सकेको छैन् । सरकारको यो एक वर्षको पफर्मेन्स होपलेस (निराशाजनक) छ ।’

मुलुकको अर्थतन्त्र यस्तै रहिरहे अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र दातृ निकायहरुसँग ऋण माँगेर धन्ने दिन आउनसक्ने खतरा पनि खड्काले औंल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*