Home / समाचार / घोराही खानेपानीको पुनः कोषाध्यक्ष बन्ने तयारीमा कोष व्यवस्थापनमा अब्बल धुव्र केसी

घोराही खानेपानीको पुनः कोषाध्यक्ष बन्ने तयारीमा कोष व्यवस्थापनमा अब्बल धुव्र केसी

घोराही, २५ माघ

घोराही खानेपानीको आगामी नयाँ नेतृत्वमा कोषाध्यक्ष पदका उमेद्वार हुन्ः धुव्र केसी । घोराही उपमहानगरपालिका १५ आनन्दपुर टोलका केसी । युवा व्यवसायी हुन् ।

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई समितिको कोषाध्यक्ष भएर एक कार्यकाल सफल रुपमा पुरा गरेका केसी फेरिपनि कोषाध्यक्ष पदकोलागी चुनावी मैदानमा रहेका छन् ।

केसी १० वर्षदेखी घोराही खानेपानीसँग आवद्ध छन् । उनी ३ कार्यकाल यस संस्थाको कार्यसमितिमा रहेर काम गरिसकेका छन् ।

Dhurba

२०६६ मा कार्यसमिति सदस्य, २०६९ मा सल्लाहकार र २०७२ देखी २०७५ सम्म कोषाध्यक्ष रहेर उनले काम गरेका छन् । उनी कार्यसमितिमा रहदा नमूना कामहरु प्नि गरेका छन् ।

आर्थिक व्यवस्थापनदेखी कार्यालय व्यवस्थापनमा एवं नयाँ योजना सञ्चालनकालागि उनको महत्वपूर्ण भूमीका रहेको छ ।

उनी कोषाध्यक्ष भएके समयमा पुरानो १ करोड ३५ लाख ऋण चुक्ता गरिएको छ भने नयाँ आयोजना गुलरिया खानेपानी आयोजना सम्पन्न भएको ।

आर्थिक आयव्ययलाई उनले चुस्तदुरुस्त बनाएका छन् । कार्यालयको व्यवस्थापनमा ध्यान दिदै उपभोक्ताहरुलाई शुल्क तिर्न सहज, कार्यालय परिसरमा मर्मत, पार्किङ व्यवस्थापन उनको कार्यकालमा भएको छ ।

dhurba 2

केसी लायन्स क्लबको सदस्य, त्रिभुवन नगर जेजिसमा रहेर काम गरिसकेका छन् । फ्रेन्स हार्डवेयर सञ्चालक रहेका केसी हार्डवेयर व्यवसायी समितिको सल्लाहकार छन् भने बराहक्षेत्र मन्दिर गुरलियाको ६ वर्षसम्म अध्यक्ष भएर काम गरिसकेका छन् ।

मिलनसार केसी सबैमाझ लोकप्रीय छन् । खानेपानी समस्या समाधानकालागी २४ सैँ घण्टा उपभोक्ताहरुमाझ प्रस्तुत हुने केसी यसपटकको निर्वाचनमा विजयी हुनेमा ढुक्क रहेको बताउछन् ।

उनले घोराही खानेपानी संस्थामा अझैँ धेरै काम गर्न बाँकी रहेकाले ती कामलाई अब पूर्णता दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*