Home / Feature Breaking news / सरकार विरुद्ध भोली घोराहीमा काग्रेसको विरोधसभा

सरकार विरुद्ध भोली घोराहीमा काग्रेसको विरोधसभा

दाङ,२० माघ । सरकार विरुद्ध आन्दोलन घोषणा गरेको नेपाली काग्रेसले यहि माघ २१ गते देशभर विरोधसभा गर्ने भएको छ । सोही अनुसार नेपाली काग्रेस दाङले घोराहीमा सोमवार विरोधसभा गर्न थालेको छ ।

पूर्व सहमति विपरित गरिएको चिकित्सा शिक्षा विधेयक, स्वर्गीय काग्रेस नेता तथा पूर्व प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइरालाको नाममा तनहुमा रहेको जी.पी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइरालाको नाममा बाँकेमा रहेको सुशील कोइराला क्यान्सर अस्पताललाई नामेट गर्ने सरकारको दुष्प्रयास गरेको भन्दै काग्रेसले देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

सोही अनुसार नेपाली काग्रेसले घोराहीमा विरोधसभा गर्न थालेको नेपाली काग्रेस दाङका सभापति किर्तिबहादुर खड्काले बताए ।

सरकारका गलत क्रियाकलापहरुको विरोधमा काग्रेसले आयोजन ागर्न थालेको विरोधसभालाई सम्वोधन गर्न नेपाली काग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत, नेपाली काग्रेसका केन्द्रीय सदस्य दीपक गिरीलगायतका नेताहरु आउन थालेको सभापति खड्काले बताए ।

उक्त विरोधसभालाई जनस्तरवाट सहभागिताका लागि काग्रेसले जिल्ला, क्षेत्रीय समितिसँगै गाउँ ईकाई समितिसम्मलाई पत्रचार गरिसकेको नेपाली काग्रेस दाङका सचिव शंकर डागीले बताए ।

सरकारलाई खवरदारी स्वरुप गर्न थालेको उक्त विरोधसभालाई सफल बनाउनका लागि उपस्थीतिका लागि नेपाली काग्रेस दाङले पार्टी,भातृ संगठन,सुबेच्छुक सस्थालगायतका सम्पुर्णलाई उपस्थीतिकालागि आग्रह गरेको छ । दिउँसो पार्टी कार्यालयमा जम्मा भएर सुरु हुने विरोधसभा बजार परिक्रममा गरेर तुलसीपुरचोकमा पुगेर सभामा परिणत हुने नेपाली काग्रेस दाङले जनाएको छ ।

लोकतान्त्रिक मुल्य र परम्परा विपरीत सरकारले प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थीति बिना संवैधानिक परिष्दको बैठक राखेर गैरकानुनी काम गरेको समेत काग्रेसले जनाएको छ । साथै े हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल भएको भन्दै काग्रेसले सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*