Home / समाचार / १६ दिवसिय अभियानका अवसरमा अन्तरक्रिया

१६ दिवसिय अभियानका अवसरमा अन्तरक्रिया

दाङ,१९ मंसिर । महिला हिंसा विरुद्धको १६ दिवसिय अभियानका अबसरमा बुधवार घोराहीको वेलुवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शान्ति अभियान अन्तर्गत नेपाल महिला सामुदायिक सेवा केन्द्रको घोराही र नागरिक आवाज ललितपुरको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

महिला हिंसा न्यूनीकरणमा को जिम्मेवार विषयक अन्तरक्रिया कार्यक्रम घोराही उप महानगरपालिका १७ का वडा अध्यक्ष खुशीराम चौधरीको अध्यक्षता तथा वडा नम्वर ४ वडा अध्यक्ष भिमबहादुर सार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

सि.एम.पि. आर. कार्यक्रम प्रमुख वसन्त पोखरेलले सहजीकरण गरेको कार्यक्रममा वोल्ने वक्ताले महिला न्युनिकरण गर्न सवै उत्तिकै जिम्मेवार वन्नु पर्ने वताएका थिए । कार्यक्रममा प्रहरी हवल्दार धनवीर खड्का, आमा समूहकी शान्ता घिमिरेलगायतले वोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*