Home / Feature Breaking news / दाङका लक्ष्मी र सुशीला फाइनलमा प्रवेश

दाङका लक्ष्मी र सुशीला फाइनलमा प्रवेश

दाङ,८ मंसिर । काण्ठमाडौमा जारी प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिक्स बक्सीङ प्रतियोगिता–२०७५ को फाइनलमा दाङका लक्ष्मी घर्तिमगर र सुशीला थापा पुगेका छन ।

यहि मंसिर ५ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा २४ बर्ष मुनि उमेर समूहको ५७ किलो तौल समूहमा सेमिफाइनल खेलमा भक्तपुर जिल्लाकी पुनम कर्माचार्यलाई हराउदै लक्ष्मी फाइनमा प्रवेश गरेकी बक्सिङका प्रशिक्षक हरिबहादुर सुनारले जानकारी दिए ।

hari त्यस्तै १९ बर्ष मुनि उमेर समूहको ४८ किलो तौल समूहको खेलमा काठमाण्डौ जिल्लाकी प्रर्मा आरएल राणालाई हराउदै दाङकी सुशीला थापा फाइनलमा प्रवेश गरेकी हुन । प्रतियोगितामा लक्ष्मी र सुशीलाले राम्रो खेल प्रदर्शन गरिरहेको समेत प्रशिक्षक सुनारले बताए ।

kt

प्रतियोगिताको फाइनल खेलमा ५७ तौल समूहतर्फ लक्ष्मी घर्तिमगरले नक्साल ‘ए’ बक्सिङ क्वलकी शिवानी श्रेष्ठ र ४८ तौल समूहतर्फ सुशीला थापाले नक्साल ‘ए’ कै रमिसा श्रेष्ठसँग प्रतिष्प्रधा गर्ने भएका छन ।
नेपाल बक्सिङ संघको आयोजनामा काठमाण्डौको दशरथ रंगशालाको खेल स्टीडिममा भईरहेको प्रतियोगितामा दाङको अल्फा स्पोर्ट टे«निङ सेन्टरवाट ५ जना खेलाडीहरुले सहभागिता भएको प्रशिक्षक सुनारले बताए । प्रतियोगितामा नेपाल बक्सिङ संघमा आवद्ध देशभरका खेलाडीहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*