Home / Feature Breaking news / घोराही– १४ मा नालामा राखेका फुटफाट पसल र ठेला हटाइयो

घोराही– १४ मा नालामा राखेका फुटफाट पसल र ठेला हटाइयो

दाङ,१७ कार्तिक ।घोराही उप–महानगरपालिका वडा नं. १४ ले सडक नालामा राखिएका फुटफाट र ठेला हटाएको छ । वडा अध्यक्ष शक्तिराम डाँगी र वडा सदस्य लक्षुमण बुढालगायतले टोलीले बजार अनुगमन गर्दै फुटफाटमा रहेका ठेला हटाएको हो ।

नालामा भएका फुटफाटले दुर्घटना निम्त्याउने देखिएपछि हटाएको वडाध्यक्ष शक्तिराम डागीले बताए । भन्सार छलेर ल्याएका सामानले सटरको व्यापार छोप्ने गरीठेला व्यापारीले व्यवसाय संचालन गर्दै आएको बताउँदै त्यसलाई नियन्त्रणमा वडा कार्यालय लागेको अध्यक्ष डाँगीको भनाई छ ।

सडकमा ठेला व्यवसायीले मनपरी व्यवसाय संचालन गर्दै आएका त्यसको नियन्त्रणका लागि आफुहरु लागेको अध्यक्ष डाँगीले बताए । अध्यक्ष डाँगीले घोराही स्थित मेनरोड,बाल मन्दिर,दामोदर चोक,नयाँबजार, लखनपार्कमा रहेका ठेला हटाईएको अध्यक्ष डाँगीले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*