Home / Feature Breaking news / डेढ करोडको लगानीमा घोराहीमा टि मार्ट सञ्चालनमा

डेढ करोडको लगानीमा घोराहीमा टि मार्ट सञ्चालनमा

दाङ । डेढ करोड बढिको लागनीमा दाङको घोराहीमा सुविधा सम्पन्न टि मार्ट सञ्चालनमा आएको छ । खानाका विभिन्न परिकारकासहित घरेलु उपभोगका लागि आवश्यक सामाग्रीहरु एउटै छानामुनी पाइने गरि घोराही उपमहानगरपालिका–१५ क्याम्पस रोडको भिग्रेली चोकमा टि मार्ट सञ्चालनमा आएको हो ।

घोराही उपमहानगरपालिका–२ निवासी टिकाराम रावत र घोराही उपमहानगरपालिका–१८ निवासी पूर्णबहादुर रोकाले करिव एक करोड ६० लाखको लगानीमा टि मार्ट सञ्चालनमा ल्याएका हुन । टि मार्टमा खाद्यान्न, घरेलु प्रयोजनका लागि आवश्यक किचन, कस्मेटिक, गिफ्ट, स्टेशनरी, तरकारी, फलफुल, दही, दुध, मासु र नास्तामा मम,चाउमिनलगायतका सामाग्री उपभोक्ताहरुले खरिद गर्न सक्ने सञ्चालक टिकाराम रावतले जानकारी दिए । ‘उपभोक्ताहरुलाई एउटै छानामुनी सवै प्रकारका सामाग्रीहरु उपलव्ध गराउने उद्देश्यले टि मार्ट सञ्चालनमा ल्याएको हौ’,सञ्चालक रावतले भने,‘यहाँ आएपछि उपभोक्ताहरुलाई आवश्यक सामान किन्न पसल–पसल जानुपर्नै छैन ।’

उपभोक्ताहरुको आवश्यकतालाई मध्यनजर गरेर घरयासी प्रयोजनका सवै सामाग्रीहरु राखिएको उनले बताए । पश्चिम नेपालमै पहिलो पटक घोराहीमा सञ्चालनमा आएको टि मार्टले उपभोक्तालाई घरेलु उपभोगका बस्तु खरिद गर्न सजिलो भएको अर्का सञ्चालक पूर्णबहादुर रोकाले बताए । ‘अहिले उपभोक्ताहरुलाई घरका लागि आवश्यक सामाग्री खरिद गर्न बजारका पसल पसल डुल्नुपर्ने समस्याको अन्त्य गर्ने उद्देश्यले टि मार्ट सञ्चालनमा ल्याएको हौ ’ सञ्चालक रोकाले भने ।

fgf

विदेशमा सिकेको सिप र ज्ञानलाई स्वदेशमै लगाउने उद्देश्यले व्यवसाय सञ्चालन गरिएको भन्दै उनले यो जिल्लामा एकदमै नयाँ व्यवसाय भएको बताएका थिए ।
यसैविच टिमार्टको शनिवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । टि मार्टको दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले रिवन काटेर उदघाटन गरेका थिए ।

उदघाटन कार्यक्रममा बोल्दै भुसालले जिल्लामा यो नयाँ व्यवसाय भएको भन्दै व्यवसायको प्रवद्र्धनका सवैको सहयोग आवश्यक रहेको बताए । उद्यौगीक क्षेत्रमा लगानी गर्ने युवाहरुलाई प्रोत्साहन गर्ने राज्यको नीति नहुदा युवाहरु औद्योगिक क्षेत्रमा लगानी गर्न डराईरहेको भन्दै अध्यक्ष भुसालले उद्योग व्यवसायका क्षेत्रमा लगानी गर्ने युवाहरुलाई राज्यले संरक्षण गर्ने नीति आवश्यक रहेको बताए ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले पश्चिम नेपालमै पहिलो पटक सञ्चालनमा आएको टि मार्टले उपभोक्ताहरुलाई सामाग्री किन्न सहज भएको बताए । प्राविधिको विकाससँगै हरेक क्षेत्रमा परिवर्तन आवश्यक रहेको भन्दै प्रियासनले टि मार्टले जिल्लाको समृद्धिमा सहयोग पु¥याउने बताएका थिए ।

त्यस्तै रिपुमर्दन गण घोराहीका प्रमुख सेनानी सुमन थापाले टि मार्टले जिल्लामा उपभोक्ताहरुको आवश्यकतालाई पुरा गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । टि मार्टका म्यानेजर कविराज पोख्रेलको स्वागत मन्तव्यवाट सुरुभएको उदघाटन कार्यक्रमको सञ्चालन पत्रकार नवीन अभिलाषीले गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*