Home / समाचार / सञ्चारमाध्यम जनताको पक्षमा उपयोग हुनुपर्छः उपसभामुख

सञ्चारमाध्यम जनताको पक्षमा उपयोग हुनुपर्छः उपसभामुख

काठमाडौ, ३० साउन

उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सञ्चार माध्यम जनताको पक्षमा उपयोग हुनुपर्ने बताउनुभएको छ ।

तेह्रथुमको आठराई संक्रान्ति स्थित सामूदायिक रेडियो आठराईको अनलाइन संस्करण काठमाडौंमा बुधबार शुभारम्भ गर्दै उपसभामुख डा. तुम्बाहाङ्फेले जनताको चेतना अभिवृद्धि गर्न सञ्चारमाध्यमले सहयोगी भूमिका खेल्ने बताउनुभयो ।

‘जनताको चेतना वृद्धि गर्न सञ्चारमाध्यमले धेरै मद्दत पुग्छ,’ उहाँले भन्नुभयो, ‘जनतालाई केन्द्रविन्दुमा राखेर सञ्चारमाध्यमले सूचना दिनुपर्छ ।’

समाजमा नकारात्मकमात्रै होइन सकारात्मक क्रियाकलाप पनि हुने उल्लेख गर्दै उपसभामुख डा. तुम्बाहाङ्फेले त्यस्ता विषयवस्तुमा पनि कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

संसदले धेरै कानुनहरुलाई टुंगोमा लगिरहेको बताउँदै उपसभामुखले महिला, अल्पसंख्यक र पछाडि पारेको समूदायका पक्षमा कानुनहरु निर्माण हुनेमा ढुक्क रहन अपिल गर्नुभयो ।

कार्यक्रममा पूर्वराज्यमन्त्री सिता गुरुङ, प्रतिनिधिसभाका सांसद भवानी खापुङ लगायतले रेडियोको सफलताको शुभकामना दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*