Home / Feature Breaking news / महेन्द्र महुमुखी क्याम्पस घोराहीमा नेविसंघको तालाबन्दी

महेन्द्र महुमुखी क्याम्पस घोराहीमा नेविसंघको तालाबन्दी

घोराही, २१ जेठ
क्याम्पस प्रमुख बिमल सुवेदीले प्रकृया नै पुरा नगरि कर्मचारी भर्नाका लागि सिफारीस गरेको बिरोधमा नेपाल विद्यार्थी संघले घोराही स्थित महेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस ईकाईले आज सोमवार विज्ञप्ती प्रकाशित गरि क्याम्पस प्रमुखको एकलौटी निर्णयको बिरोधमा आईतवारदेखि अनिश्चितकालीन तालाबन्दी गरिएको जनाएको छ ।

नेविसंघका अनुसार क्याम्पसको लाईब्रेरीमा बुक चेकर पदमा कर्मचारी नियुक्तीका लागि क्याम्पस प्रमुखले मनोमानी गरेको जनाईएको छ । उक्त पदमा कर्मचारी नियुक्तीका लागि निवेदन आह्वान गरेकोमा एक बर्षअघि ६ जनाले निवेदन दिएका थिए । तर क्याम्पस प्रमुख सुवेदीले

अन्य पाँचजनालाई थाहै नदिई आँफू निकटस्थ एकजनालाई नियुक्तीका लागि सिफारीस गरेको नेविसंघको विज्ञप्तीमा जनाईएको छ । नेविसंघका अनुसार आफ्नो कार्यकाल सकिनु दुईदिन अघि हिँजो क्याम्पस प्रमुख सुवेदीले यो निर्णय गरेको जनाईएको छ ।

नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस ईकाईका कार्यवाहक अध्यक्ष निर्मल पुन र सचिव कुल राज पोख्रेलले जारी गरेको विज्ञप्तीमा कर्मचारी नियुक्तीका लागि क्याम्पस प्रमुखले गरेको निर्णय प्रकृया बिरुद्ध भएको भन्दै प्रकृया अनुसार कर्मचारी नियुक्ती गर्न आग्रह गर्नुभएको छ । अन्यथा तालाबन्दी जारी रहने चेतावनी दिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*