Home / Feature Breaking news / पत्रकार महासंघमा स्वास्थ्य पत्रकारिता पुरस्कारको अक्षयकोष स्थापना

पत्रकार महासंघमा स्वास्थ्य पत्रकारिता पुरस्कारको अक्षयकोष स्थापना

तुलसीपुर, २१ जेठ

तुलसीपुर उपमहानगरपालीकाका स्वास्थ्य सहसंयोजक वसन्त कुमार आचार्यले श्रिमती स्वर्गिय पार्वता आचार्यको संम्झनामा पार्वता आचार्य स्मृती स्वास्थ्य पत्रकारीता पुरष्कारका लागी पत्रकार महासंघ दाङमा अक्षयकोष स्थापना गरेका छन् । आचार्यले १ लाख ११ हजार १ सय ११ रुपियाँको अक्षयकोष स्थापना गरेका हुन् । सोमवार तुलसिपुरमा एक कार्यक्रमको आयोजना गरी आचार्यले महासंघलाई सो अक्षयकोषको रकम हस्तान्तरण गरेका हुन् । आचार्यले सो रकमको चोक सचिव भुपेन्द्रप्रकाश ओलीलाई सो रकमको चेक हस्तान्तरण गरेका थिए ।

बसन्त कुमार आचार्यको अध्यक्षता एवं तुलसिपुर उपमहानगरपालीकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतीथ्यतामा भएको कार्यक्रममा आचार्यले स्वास्थ्य क्षेत्रको बारेमा कलम चलाउने पत्रकार लाई प्रत्येक वर्ष सम्मान गर्ने उद्धेश्यका साथ अक्षयकोष स्थापना गरेको बताए । कार्यक्रममा प्रमुख अतिथी पाण्डेले स्वास्थ्य क्षेत्रका मुद्धाहरु सार्वजनिक वहसका रुपमा अगाडि ल्याउन पत्रकारहरु लाई आग्रह गर्दै जिवन लाई राम्रो र दिर्घकालिन बनाउन स्वास्थ्य महत्वपुर्ण भएको हुँदा स्वास्थ्यका वारेमा अझबढी कलम चलाउन जरुरी रहेको बताए । पत्रकार महाँसंघ दाङका सचिव भुपेन्द्रप्रकाश ओलीले अक्षयकोषले आगामि दिनहरुमा स्वास्थ्यको वारेमा लेख्र्न महत्वपुर्ण भुमिका खेल्ने बताए । कार्यक्रमको सहजिकरण बसन्त विवश आचार्यले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*