Home / Feature Breaking news / दाङ महाेत्सव: शनिवार २८ हजार बढि दर्शक, ४० लाखकाे काराेबार

दाङ महाेत्सव: शनिवार २८ हजार बढि दर्शक, ४० लाखकाे काराेबार

दाङ, ५ फागुन

दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४ तेस्रो दिन ४० लाखको आर्थीक कारोवार २८ हजार वढीले आज महोत्सवको अवलोकन गरे
दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४ तेस्रो दिन आज हजारौ दर्शकहरुको सहभागीता रहेको छ। हिजोको तुलनामा आज महोत्सव अवलोकनका लागी आउने हरुको सहभागीता तीनगुनाले वढी भएको महोत्सव मुलआयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालले जानकारी दिनुभएको छ।

महोत्सवको तेस्रो दिन ५ वजेसम्म पनी महोत्सव अवलोकनका लागी आउनेहरुको संख्या अत्यधीक रहेको संयोजक भुसालले जानकारी दिनुभएको छ।

महोत्सवको तेस्रो दिन आज मात्रै ४० लाखको आर्थीक कारोवार भएको आर्थीक व्यवस्थापन उपसमीतीका संयोजक एवं दाङ उद्योग वाणीज्यसंघका कोषाध्यक्ष शुशील पोख्रेलले जानकारी दिनुभएको छ।

महोत्वमा आज हिजोको तुलनामा तीनगुनाले वढी २८ हजार टिकट विक्री भएको आर्थीक व्यवस्थापन उपसमीतीका संयोजक पोख्रेलले जानकारी दिनुभएको छ। लघुउद्यमीको विकास र औद्योगीक क्षेत्र घोषणा एवं विस्तार गरिने उद्येश्यले संचालन गरिएको महोत्सवमा यस पटक ५ लाख व्यक्तीलाइ महोत्सवको अवलोकन गराउने र २० करोडको आर्थीक कारोवार गरिने लक्ष्य लिएको महोत्सव निर्देशक ध्रुवराज श्रेष्ठ भारीले जानकारी दिनु भएको छ।

यसैविच आजै वसेको साहीत्यीक उपसमीतीको वैठकले साहीत्यीक कार्यक्रम अन्तरगत प्रदशे स्तरीय गजल प्रतीयोगीताका लागी विभीन्न जिल्लावाट १८ गजल, र कविता प्रतीयोगीताका लागी १३ वटा कविता प्राप्त भएको साहीत्यीक उपसमीतीका शरद अधिकारीले जानकारी दिनुभएको छ।

गजलतर्फ दाङ दंगीशरणका संजिव लामीछाने, कपिलवस्तुका प्रकाश पाठक, दाङका लक्ष्मी न्यौपाने, वेलझुन्डीका कपिलमणी, तुल्सीपुरका मञ्जु कडेल, कपिलवस्तुका श्रीधर आचार्य, ,अर्घाखाचीका गणेश खनाल, विक्रम घिमीरे, दिपा धिताल, वुटवलका गुरु प्रसाद कुमाल, तुल्सीपुरका रमा नेपाली, दाङकी प्रीती प्रतीक्षा, कपिलवस्तुका अर्जुन सर , टोपेन मल्ल ठकुरी, नेपालगञ्जका प्रकाश विलम संगम, सौड्ीयारका प्रकाश मगर वियोगी, पंचकुलेका राजकुमार डागी, गुल्मीका इश्वरी ढकाल का रचनाहरु प्राप्त भएको छ। यसैगरी खुला कविता प्रतीयोगीता तर्फ लक्ष्मी न्यौपाने,गुरु प्रसाद कुमाल “बुलबुल”नविन शर्मा,मिनबहादुर राना,कपिलमणी लामिछाने,शारदा धिताल,खिमबहादुर बस्नेत,डिल्ली बस्नेत संगीत,प्रकाश पाठक,बासुदेव शर्मा,दिपा धिताल,बिशाल गुप्ता र रिना निरौला रहेको प्रसार प्रसार उपसमितिका संयोजक माया पोख्रेलले बताउनुभयो ।

आज कलाकारहरु गायक प्रमोद खरेल, मोडल शंकर वि सी, मोडल अन्जली अधिकारी गायीका सिर्जु अधिकारी , प्रचन्ड जि सी, कमल गाउले रोशन रतगैया टोपेन्द« विष्ट, लोकराज पारजुली लगाएतका कलाकारहरुको विभीन्न प्रस्तुती राख्नु भएको थियो ।भोलीका लागी आधुनीक गायक हेमन्त शर्मा, मोडेल पुर्णीमा श्रेष्ठ, गायक मेक्सम खाती, ऋतु कडेल, , प्रकास सपुत लगाएतका कलाकारहरुको विभीन्न प्रस्तुती लगाएत स्थानीय कलाकारहरुको पनी प्रस्तुती रहने सास्कृतिक उपसमीती संयोजक मीनराज भाटले जानकारी दिनुभएको छ।

महोत्सवका अवसरमा दाङ जिल्लाको आर्थीक विकाससंग सम्वन्धीत अन्तरक्रीया , यस क्षेत्रको पर्यटकीय स्थलहरुलाइ अवलोकन गर्न प्याकेजको व्यवस्था, हेलीकप्टरवाट यस क्षेत्रको पर्यटकीय एवं धार्मीक स्थलहरुको अवलोकन , योग शिवीर तथा धार्मीक प्रवचन नेपालको सवैभन्दा होची महीला इश्वरीमाया छिनालसंग प्रत्यक्ष भेट, स्थानीयस्तरमा उत्पादीत वस्तुहरुको प्रदर्शनी, थारु मगर नेवार मुस्लीम , यादव जातीको खानाको परिकार, जातीय पहीचान झल्काउने सास्कृतिक नृत्य तथा झाँकीहरु सास्कृतिक कार्यक्रम स्थानीय तथा चर्चीत राष्ट्रीय कलाकारहरुको प्रस्तुती, विषयगत विज्ञहरुवाट पर्र्यटन , कृर्षि पशुपालन प्रशोधन वजारीकरणका विषयमा जानकारी एवं प्रशीक्षण खुल्ला वाल कविता प्रतीयोगीता , प्रदेशस्तरीय खुल्ला कविता प्रतीयोगीता , प्रदेशस्तरीय खुल्ला गजल प्रतीयोगीता, वक्तृत्वकला प्रतीयोगीता लगाएतका साहीत्यीक कार्यक्रमहरु,जोडी नृत्य,प्रतीयोगीता,प्रदशेस्तरीय डोको लोकनृत्य प्रतीयोगीता सारङगी वाद्ययवाधन प्रतीयोगीता ओम नमस्ते ट्रेडलींक दंगाली तारा गायन प्रतीयोगीता प्रत्यक दिन केन्द«ीय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने गरेको पनी आयोजक समीतीले जनाएको छ।

यसैगरी महोत्सवमा महलिा उद्यमीहरुका लागी होजीयारी,झोला वुनाइ, अल्लोसम्वन्धी तालीम, गुडीया वनाउने जस्ता विभीन्न कीसीमका तालीमहरु पनी निशुलक रुपमा दिइने आयोजक समीतीले जनाएको छ।यसैगरी वालउद्यानमा वालवालीकाका मानोरञ्जनका विभीन्न आइटमहरु समेत राखीएको छ।

महोत्सवको अवलोकनका लागी विद्यार्थीहरुलाइ ३० रुपैया , अन्य व्यक्तीहरुका लागी ५० रुपैया को टिकट सुल्क निर्धारण गरिएको छ। यसपटक महोत्सवमा ४०० रुपैयाको पेइङ टिकटको समेत व्यवस्था गरिएको महोत्सव मुलआयोजक समतिीले जनाएको छ।

उक्त रकमको टिकट लिने व्यक्तीलाइ विशेष प्रकारको पासको व्यवस्था गरिने र उक्त पासले महोत्सव अवधिभर महोत्सवको अवलोकन गर्न पाइने व्यवस्था समेत गरिएको छ। यसैगरी महोत्सवका अवसरमा हेलीकप्टर मार्फत विभीन्न स्थानको अवलाकोनका लागी सुल्क पनी निर्धारण गरिएको छ।

जसअनुसार घोराही वजार को अवलोकनका लागी चार हजार ५ सय , दाङ उपत्यकाको अवलोकनका लागी ७ हजार ५ सय, स्र्वगद्धारी दर्शन १० हजार, ५ सय, रुकुमको स्यार्पुतालको अवलोकनका लागी २४ हजार , रारा ताल अवलोकन ५० हजार , हेलीकप्टर चार्टरका लागी १ लाख ९५ हजार रुपैया सुल्क निर्धारण गरिएको महोत्सव मुलआयोजक समीतीका सहसंयोजक नरेश कार्कीले जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*