दाङ, २० पुस
सवारी दुर्घटना न्यूनिकरणलागि ट्रफिक प्रहरी पोष्ट भालुवाङले चालकहरुलाई सचेत बनाउन सुरु गरेको छ । चालकको लापरवाहीका कारण पनि सवारी दुर्घटनाको जोखीम भएकाले चालकहरुलाई सचेत बनाउन सुरु गरेको ट्रफिक प्रहरीले बताएको छ ।
भलुवाङबाट रोल्पा र प्यूठान चल्ने सवारी सधनका चालकहरुलाई सचेत बनाउने काम गरिएको ट्रफिक प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी नावय निरिक्षक नन्द पोख्रेलले जानकारी दिनुभयो ।
सवारी चालकको लापरवाहीका कारण दुर्घटना नहोस् भनेर चालकहरुलाई सचेत बनाईएको उहाँले बताउनुभयो । साथै यस कार्यलाई निरन्तरता दिने पनि उहाँले जानकारी दिनुभयो ।