Home / Feature Breaking news / घोराही बजार क्षेत्रका छाडा चौपाय जिम्मा सहकारीलाई

घोराही बजार क्षेत्रका छाडा चौपाय जिम्मा सहकारीलाई

घोराही, ११ पुस

घोराही उपमहानगरपालिकाको बिभिन्न बजार क्षेत्रमा रहेका छाडा गाईगोरुको व्यवस्थापनको प्रकृया सुरु भएको छ । घोराही उपमहानगरपालिका १२ हापुर बिजौरीमा रहेको स्वस्तिक कृषि सहकारी संस्थाले छाडा गाईगोरुहरुको जिम्मा लिने गरि प्रकृया सुरु भएको हो । मंगलबार उपमहानगरपालिकामा दुबै पक्ष बिच भएको पहिलो चरणको छलफलबाट अबको १० दिन भित्र सहकारी संस्थाले छाडा गाईगोरु पालन सम्बन्धि बिस्तृत योजना सहितको प्रस्ताव ल्याउने सहमति भएको छ ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको छलफलमा सहकारीका अध्यक्ष विमलकुमार न्यौपानेले छाडा गाईगोरुहरु आफुहरुले पालन गर्ने र उपमहानगरले व्यवस्थापनका लागि प्राबिधिक सहयोगहरु गर्नुपर्ने बताउनुभयो । घोराही र नारायणपुर बजार क्षेत्रमा ४० बढी गाईगोरु छाडारुपमा रहेको अनुमान गरिएको छ ।

अब सहकारी संस्थाले ल्याउने प्रस्ताब सहितको योजना अनुसार माघको पहिलो साता मै सबै गाईगोरुहरुको उचित व्यवस्थापन गर्ने नगर प्रमुख चौधरीले बताउनुभयो । छाडारुपमा रहेका पशुहरुले दुर्घटना गराएको, आवतजावतमा समस्या पारेको, तरकारी तथा फलफुल खाईदिने सँगै नगरको सुन्दरतामा ह्रास ल्याएको भन्दै नगर प्रमुख चौधरीले माघ पहिलो साता नियन्त्रण एवं व्यवस्थापनको काम सक्ने बताउनुभयो ।

उक्त सहकारी संस्थाले बैठक मार्फत छाडा गाईगोरुहरुको व्यवस्थापन गर्ने र दिर्घकालिन फाईदाको सोच बनाएर अघि बढेको जनाएको छ । छलफल कार्यक्रममा नगरका उपप्रमुख सीता न्यौपाने, बाताबरण तथा बिपद् व्यवस्थापन समितिका संयोजक एवं वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, १५ का अध्यक्ष रमेशकुमार पाण्डे, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, शाखा अधिकृत सुबोध रेग्मी र सहकारीका प्रतिनिधीहरु बिद्ध छलफलले छाडा गाईगोरु नियन्त्रण र व्यवस्थापनको काम गर्ने निर्णय गरेको मेयरका प्रेस संयोजक निमुसंगम घर्तीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*