Home / Feature Breaking news / मतदातासँग आर्शिवाद लिन व्यस्त कमल किशोर

मतदातासँग आर्शिवाद लिन व्यस्त कमल किशोर

घोराही, ३० कार्तिक
प्रदेश सभाका क्षेत्र नम्वर २ (१) का उमेद्धार कमलकिशोर घिमिरे मतदातासंग भेटेर आशिवाद थाप्न व्यस्त रहेका छन् ।

उनले मतदाताको घरमा पुगेर मत संगै आर्शिवाद समेत लिने गरेका छन् । उनी विहिवार विहानै देखि साझ सम्म पनि घोराही उप महानगरपालिका वडा नम्वर ४ मा मतदाता संग भेटेर आर्शिरवाद लिएका थिए । घिमिरे घरमै पुगेर मत माग्दै र आर्शिवाद लिन पुग्दा स्थानिय वासीन्दाहरुले स्वागत समेत गरेका थिए ।

उनीहरुले घिमिरेलाई विजयीको शुभकामना दिएका थिए । स्थानिय वासिन्दाहरुले आफनै स्थानमा उमेद्धारहरुलाई जिताउन लाग्ने बताएका थिए । उनीहरुले विगतमा जे जस्तो भएपनि सवै मिलेर घिमिरेलाई जिताउन लाग्ने बताएका थिए ।

स्थानिय वासीन्दाहरुले आफनै ठाऊको व्यक्ति विजयी भएमा विकास गर्ने र आफुलाई पर्ने समस्या राख्न समेत सहज हुने बताएका थिए । घर दैलोका पुगेका प्रदेश सभाका उमेद्धार घिमिरेले आफुले यस क्षेत्रको विकासको लागि अगाडि वढने बताएका थिए । उनले भने ‘ म संमग्र जिल्लाको विकासको लागि लागि पर्ने छु ’ । विकास निर्माण गर्नेका लागि नेपाली काग्रेसलाई विजयी वनाउन आग्रह समेत गरेका थिए ।

घिमिरेले कृषि क्षेत्रलाई मर्यादित वनाएर अगाडि वढाउन लाग्ने बताएका थिए । घिमिरेले लोकतान्त्रलाई संस्थागत गर्ने नेपाली कांग्रेसलाई विजयी वनाउन आग्रह गरेका थिए । यसैगरी घोराही उप महानगरपालिका वडा नम्वर ७ र ८ नम्वरमा चुनावी सम्पर्क कार्यालयको समेत उद्घाटन गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*