Home / Feature Breaking news / तराईमा यसरी मनाईंदैछ छठ (फोटो फिचर)

तराईमा यसरी मनाईंदैछ छठ (फोटो फिचर)

के.सी लामिछाने

पर्सा, वीरगञ्ज ९ – तराईका बासिन्दाले अत्यन्तै श्राद्धपूर्वक मनाउने छठ पर्वको आज महत्वपूर्ण दिन हो । आज अस्ताउदो सूर्यलाई अर्घ दिइने छ । छठ पूजाको मुख्य दिन षष्ठी अर्थात् साँझघाटको दिन व्रतालुहरू निर्जल व्रत बस्ने र दिउँसो पवित्र कपडा लगाई पोखरी, नदी, तलाउ किनारमा अस्ताउँदो सूर्यलाई ठेकुवा, भुसुवा, केरा, फलपूmल, पान, सुपारी, उखु आदीले अर्घ दिई पूजा गर्छन् । षष्टीको भोलिपल्ट सप्तमीमा  उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पूजाको समापन गरिन्छ । यो दिनलाई परना  भनिन्छ ।चोखो, सफा र तीन दिन लामो निरहार व्रत बस्नु पर्ने छठमा सरसफाईको महत्व भने अति नै छ ।    छठ पर्वको सुरुसँगै तराईमा पोखरी, नदी, तलाउहरू सरसफाइ गर्ने र सिगार्ने काम हुन्छ । वीरगञ्जको घडीअर्वा पोखरी, बजार छपकैया, नगवा, इनर्वा, घडिअर्वा, रानीघाट,  मुर्ली, तेजारथटोल, पिपरा, रामगढवा, लक्ष्मणवा र श्रीसिया नदी तथा हरेक गाउँका नदी र पोखरीका डिलहरु पूजाका लागि सजाइएका छन् ।  वीरगञ्जमा घडीअर्वा, रानीघाट, मुर्लीमा छठघाटको सजावट भव्य हुने गरेको छ ।  

तराईमा यसरी मनाईंदै छ छठ (फोटो फिचर)

तराईमा यसरी मनाईंदै छ छठ (फोटो फिचर)

तराईमा यसरी मनाईंदै छ छठ (फोटो फिचर)

तराईमा यसरी मनाईंदै छ छठ (फोटो फिचर)

तराईमा यसरी मनाईंदै छ छठ (फोटो फिचर)

 उज्यालो अनलाईनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*